जापानद्वारा नेपाललाई १६ लाख खोप दिने घोषणा

 लिम्बुवान न्युज
                       

काठमाडौं, २९ असार / जापानले नेपाललाई कोरोना भाइरसविरुद्धको १६ लाख डोज खोप अनुदान स्वरूप दिने भएको छ । कोरोना भाइरसविरुद्ध जापानमा नै उत्पादन गरिएको एस्ट्राजेनेकाले विकास गरेको खोप जापान सरकारले नेपाललाई दिने भएको हो ।

जापानका विदेश मामिलाका मन्त्री मोटेगी तोशिमिट्सुले मंगलबार कोभ्याक्स सुविधामार्फत नेपाललाई खोप उपलब्ध गराउने घोषणा गरेका हुन् ।

यस्तै नेपाल स्थित जापनीज दूतावासले आउँदो महिना (जुलाईको मध्य र अगस्तको अन्तिमतिर) नेपाललाई खोप उपलब्ध गराउने जानकारी दिएको छ । खरिद व्यवस्था सकिएपछि खोप कहिले नेपालमा अवतरण गर्ने भन्ने मिति टुङ्गो लाग्ने दूतावासले जनाएको छ ।

कोरोना भाइरसको महामारीकाबेला जापानले विभिन्न माध्यमबाट नेपाललाई सहयोग गर्दै आएको छ । यसबीच जापनले १६ लाख डोज खोप कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने भएको हो ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...