देउवा बने पाँचौ पटक प्रधानमन्त्री, चार मन्त्रीले आजै लिए गोपनीयताको शपथ

 लिम्बुवान न्युज
                       

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (मंगलबार) साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा त्रृटिपूर्ण भई संविधानको धारा उल्लेख गर्न छुटेकोमा देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका थिए । सोही कारण शपथ ग्रहणमा ढिलाइ भएको थियो ।

त्यसपश्चत पुनः राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन् । देउवा यो सँगै पाँचौ पटक प्रधानमन्त्री बनेका हुन् । यसअघि उनी चारपटक प्रधानमन्त्री भईसकेका छन् ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सानो आकारको मन्त्रिपरिषद् गठन गरेका छन् । देउवाले आफ्नो दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बाट २–२ जना मन्त्री नियुक्त गरेका छन् ।

कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री बनेका छन् । यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा (प्रभाकर) अर्थ मन्त्री बनेका छन् भने पम्फा भुसाललाई ऊर्जामन्त्रीको जिम्मेवारी दिएका छन् ।

नवनियुक्त चारैजना मन्त्रीले आजै नै पद तथा गोपनीयताको शपथ लिएका छन् । जसपा उपेन्द्र पक्षले भने थप छलफल गरेर मात्र सरकारमा सहभागी हुने जनाएको छ । कसलाई मन्त्रीमण्डलमा पठाउने टुंगो लाग्न बाँकी रहेको स्रोतले बताएको छ ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...