सर्वोच्चको फैसलाको स्वागत गर्दै दमकमा गठबन्धनद्वारा दिप प्रज्वलन

 लिम्बुवान न्युज
                       

दमक। प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतले गरेको फैसालाको स्वागत गर्दै दमकका विपक्षी गठबन्धनले स्वागत गरेका छन् । मंगलबार साँझ दमकको गणतन्त्र चौकमा दिप प्रज्वलन गर्दै गठबन्धनले सर्वोच्चले गरेको फैसलाको स्वागत गरेको हो ।

गठबन्धनले दिप प्रज्वलनसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारलाई शुभकामना दिएका छन् । गठबन्धनले आायेजना गरेको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता तथा कार्यकर्ताहरुको बाकुलो उपस्थिति रहेको थियो ।

गणतन्त्र चौकमा आयोजित कार्यक्रममा बोल्दै पूर्व संविधानसभा सदस्य तथा नेपाली कांग्रेस दमकका नेता सुरेश लिङ्देनले सर्वोच्चको फैसलाले लोकतन्त्र र गणतन्त्रको रक्षा गरेको बताए । पूर्व सांसद लिङ्देनले व्यक्तिगत स्वार्थ पुर्तिको निमित्त संवैधानिक निकाय र नीति र विधिको शासनलाई अस्तव्य पारेको आरोप लगाएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य विरेन्द्र बस्नेतले जनताले निर्माण गरेको संविधानको धारालाई कुल्चेर अघि बढिरहेको केपी सरकारलाई लगाम लागेको बताए । उनले भने – निरंकुशता सम्पूर्ण रुपले परास्त नभएको हुँदा अब यो गठबन्धन एकजुट भएर निरन्तर अगाडि बढ्ने प्रतिबद्धता छ ।

यसैगरी जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देउकुमार नेम्बाङ्ले केपी ओलीको घमण्ड समाप्त भएको हुँदा अब गृहनगरबासीहरु उनको निरंकुशता बिरुद्ध एक जुट भएर अघि बढ्न अनुरोध गरेका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका उपमहासचिव भानु भट्टराईले कोरोनाको महामारीमा निवर्तमान प्रधानमन्त्री केपी ओलीले नेपालको संविधानलाई कुल्चेर भेन्टिलेटरमा पुराएको बताउँदै सबै संघीयवादी, लोकतन्त्रवादी र गणतन्त्रवादी एक भएका छौं, अब एकजुट भएर संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु पर्ने बताए । त्यसैगरी नेकपा माओवादीकी महिला नेतृ प्राध्यापक राधिका ओझाले पनि महिला सहभागीताको चर्चा गरेकि थिइन् ।

कार्यक्रम नेपाली कांग्रेसका नगरसभापति रोशन विष्टले गरेका थिए भने संचालन नेकपा माओवादी केन्द्रका नगर सचिव शंकर बस्नेतले गरेका थिए ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...