निवर्तमान प्रधानमन्त्रीले बालुवाटार छोड्ने, युथफोर्सको स्कर्टिङ्गबाट बाल्कोट

 लिम्बुवान न्युज
                       

फाइल तस्वीरः

काठमाडौं। निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाड्ने भएका छन् । आज (बुधबार) युथफोर्सको स्कर्टिङ्गबाट बालुवाटारदेखि बालकोट पुग्ने तय भएको हो ।

बिहान ११ बजे ओलीले सरकारी निवास छाड्ने भएका हुन् । प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार नियुक्त भएपछि सरकारी निवास छोड्न लागेका हुन् ।

सपथग्रहण र पदभार ग्रहण गरेपछि नवन्युक्त प्रधानमन्त्री देउवा निजी निवास बूढानिलकण्ठ गएका थिए । उनी अब केही दिनमा सरकारी निवास बालुवाटार सर्ने स्रोतको भनाईरहेको छ ।

मंगलबार क्षितिज थेवेको नेतृत्वमा व्यूतिएको यूथ फोर्सले ओलीलाई बालुवाटारदेखि बालकोटसम्म स्कर्टिङ गरेर पु¥याउने तयारी गरेको छ । एमालेका युवा संघ ईञ्चार्ज महेश बस्नेतका अनुसार अध्यक्ष ओलीलाई दुई हजार गाडी र तीन हजार मोटरसाइकलले बालकोट पु¥याउने कार्यक्रम रहेको बताएका छन् । बालकोट जाने क्रममा कौशलटारदेखि जनताले ओलीलाई स्वागत गर्ने कार्यक्रम पनि रहेको उनको भनाइ छ ।

सोमबार सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि देउवा संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा मंगलबार नियुक्त भएका थिए ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...