निवर्तमान प्रधानमन्त्रीले बालुवाटार छोड्ने, युथफोर्सको स्कर्टिङ्गबाट बाल्कोट

 लिम्बुवान न्युज
                       

फाइल तस्वीरः

काठमाडौं। निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाड्ने भएका छन् । आज (बुधबार) युथफोर्सको स्कर्टिङ्गबाट बालुवाटारदेखि बालकोट पुग्ने तय भएको हो ।

बिहान ११ बजे ओलीले सरकारी निवास छाड्ने भएका हुन् । प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार नियुक्त भएपछि सरकारी निवास छोड्न लागेका हुन् ।

सपथग्रहण र पदभार ग्रहण गरेपछि नवन्युक्त प्रधानमन्त्री देउवा निजी निवास बूढानिलकण्ठ गएका थिए । उनी अब केही दिनमा सरकारी निवास बालुवाटार सर्ने स्रोतको भनाईरहेको छ ।

मंगलबार क्षितिज थेवेको नेतृत्वमा व्यूतिएको यूथ फोर्सले ओलीलाई बालुवाटारदेखि बालकोटसम्म स्कर्टिङ गरेर पु¥याउने तयारी गरेको छ । एमालेका युवा संघ ईञ्चार्ज महेश बस्नेतका अनुसार अध्यक्ष ओलीलाई दुई हजार गाडी र तीन हजार मोटरसाइकलले बालकोट पु¥याउने कार्यक्रम रहेको बताएका छन् । बालकोट जाने क्रममा कौशलटारदेखि जनताले ओलीलाई स्वागत गर्ने कार्यक्रम पनि रहेको उनको भनाइ छ ।

सोमबार सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि देउवा संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा मंगलबार नियुक्त भएका थिए ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;