मोटरसाइकल दुर्घटनामा परी वडासदस्य राईको गयो ज्यान

 लिम्बुवान न्युज
                       

मृतक वडासदस्य धनबहादुर राई

दमक। इलाम माङसेबुङ गाउँपालिका वडा नं. ४ का वडासदस्य धनबहादुर राईको मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ ।

बुधबार दिउँसो अन्दाजी ४ बजे मे. ८ प ६०४ नम्बरको मोटरसाईकल दुर्घटनामा गम्भीर घाइते भएका वडासदस्य रहेका ३६ वर्षीय राईको झापाको वि एण्ड सी अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाईकलबाट घरतर्फ आउँदै गरेका राई दमक रवि सडक खण्ड अन्तरगत रतुवा पुल नजिक अनियन्त्रित भई सेतेभिरबाट अन्दाजी १ सय मिटर तल झर्दा टाउकोमा चोट लागेको थियो । उनलाई टाउकोमा गम्भीर चोट लागेपछि उपचारको लागि वि एण्ड सी अस्पतालमा लगिएकोमा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...