झापामा खुकुलो निषेधाज्ञा साउन ७ गते सम्म थप

 लिम्बुवान न्युज
                       

विर्तामोड। झापामा खुकुलो निषेधाज्ञा थप एक साता लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको डिसीसीएमसीको बैठकले साउन ७ गतेसम्म लम्बाउने निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिएका छन् ।

झापामा कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी नआएकोले एक साता निषेधाज्ञा बढाएको उनले बताए । लामो दुरीका सार्वजनिक यातायातको हकमा सरकारको निर्णय अनुसार अघि बढ्ने उनको भनाई छ ।

छोटो दुरीका सार्वजनिक यातायात बससहित अन्य सवारीसाधन जोर बिजोर प्रणाली अनुसार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लासम्म स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चलाउने पाउने निर्णय गरिएको छ ।

अन्य निर्णय अघिल्लो पटक गरिएकोलाई नै यथावत् राखिएको उनले बताए । बजार तथा पसलको हकमा व्यवसायीले बिहान ६ बजे देखि बेलुका ५ बजेसम्मका लागि सञ्चालन गर्न पाउने निर्णय गरेको । होटेल तथा रेष्टुरेन्टहरुले टेक– अबे सेवा बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाउने छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...