नेपाली कांग्रेसको १४औं महाधिवेशन कार्यतालिका प्रभावित

 लिम्बुवान न्युज
                       

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि प्रभावित भएको छ । पूर्व निर्धारित तोकिएको समयमा वडा, गाउँ, नगर लगायत अधिवेशनहरु सम्पन्न हुन नसक्ने अवस्था आउने सक्ने भन्दै कार्यतालिका प्रभावित हुने नेताहरु बताउँछन् ।

तर, केन्द्रीय महाधिवेशन भने तोकिएको मिति भदौं १६ देखि १९ गते मै गर्ने नेताहरुले बताएका छन् ।

आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा पार्टीको निर्वाचन निर्देशिका, अरु पार्टीबाट आएकाहरुको समायोजन र क्रियाशील सदस्यताबारे छलफल भएको छ । निर्वाचन निर्देशनलाई अन्तिम रुप दिने जिम्मेवारी सहमहामन्त्री डा. प्रकाशशरण महत र नेता डा. मिनेन्द्र रिजाललाई दिइएको छ ।

क्रियाशील सदस्यताको सूचीमा सभापतिले हस्ताक्षर गरेर केन्द्रीय निर्वाचन समितिलाई बुझाउने म्याद गुज्रिसकेको छ । तर क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकका अनुसार बारा र सप्तरीको क्रियाशील सदस्यता टुंगिएको छैन भने अरु पार्टीबाट आएकाहरुको समायोजनमा पनि विवाद छ ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार वडा अधिवेशन १२ गते, गाउँ र नगरको अधिवेशन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन २० गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ गते, एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ हुनुपर्ने छ । तर क्रियाशील र समायोजन विवादका कारण कार्यतालिका प्रभावित हुने देखिएको नेताहरुले बताएका छन् ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...