नेपाली कांग्रेसको १४औं महाधिवेशन कार्यतालिका प्रभावित

 लिम्बुवान न्युज
                       

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि प्रभावित भएको छ । पूर्व निर्धारित तोकिएको समयमा वडा, गाउँ, नगर लगायत अधिवेशनहरु सम्पन्न हुन नसक्ने अवस्था आउने सक्ने भन्दै कार्यतालिका प्रभावित हुने नेताहरु बताउँछन् ।

तर, केन्द्रीय महाधिवेशन भने तोकिएको मिति भदौं १६ देखि १९ गते मै गर्ने नेताहरुले बताएका छन् ।

आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा पार्टीको निर्वाचन निर्देशिका, अरु पार्टीबाट आएकाहरुको समायोजन र क्रियाशील सदस्यताबारे छलफल भएको छ । निर्वाचन निर्देशनलाई अन्तिम रुप दिने जिम्मेवारी सहमहामन्त्री डा. प्रकाशशरण महत र नेता डा. मिनेन्द्र रिजाललाई दिइएको छ ।

क्रियाशील सदस्यताको सूचीमा सभापतिले हस्ताक्षर गरेर केन्द्रीय निर्वाचन समितिलाई बुझाउने म्याद गुज्रिसकेको छ । तर क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकका अनुसार बारा र सप्तरीको क्रियाशील सदस्यता टुंगिएको छैन भने अरु पार्टीबाट आएकाहरुको समायोजनमा पनि विवाद छ ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार वडा अधिवेशन १२ गते, गाउँ र नगरको अधिवेशन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन २० गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ गते, एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ हुनुपर्ने छ । तर क्रियाशील र समायोजन विवादका कारण कार्यतालिका प्रभावित हुने देखिएको नेताहरुले बताएका छन् ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;