जुवा खेल्दै गरेको सूचनाको आधारमा दमकबाट ११ जना पक्राउ

 लिम्बुवान न्युज
                       

जुवा खेलमा संलग्नहरू इलाका प्रहरी कार्यालय दमकमा पक्राउ पश्चात

दमक, १ साउन । दमकबाट ११ जना जुवाडे खेल्दै गर्दा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकको टोलीले वडा नम्बर ७ हाटखोलास्थित कर्णबहादुर राईको घरबाट शुक्रबार साँझ ११ जनालाई पक्राउ गरेको हो ।

जुवा खेलिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकको टोलीले छापा मार्दा २ लाख आठ हजार पन्चानब्बे रुपैयाँ, १६ थान कौडा सहित जेवाडेहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेकाहरु दमक र दमक बाहिरका समेत रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई शुक्रबार साँझबाटै हिरासतमा राखेर कारबाही थालिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज कार्कीले बताएका छन् ।

 

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...