लिम्बुवान नेता साम्सुहाङको ७४ बर्षको उमेरमा निधन

 लिम्बुवान न्युज
                       

शिवसताक्षी, १ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्चका संघीय तथा केन्द्रीय सदस्य होम कुमार साम्सुहाङकाे निधन भएको छ । ७४ बर्षीय साम्सुहाङकाे उपचारको क्रममा झापाको विर्तामोडस्थित बि एण्ड सि अस्पतालमा शुक्रबार साँझ ११ बजे निधन भएको हो ।

उनी लामो समय देखि मृगौला खराब भई उपचाररत थिए । २०६२/०६३ को जनआन्दोलन पश्चात उठेको पहिचानको आन्दोलनसँगै पूर्वमा उठेको लिम्बुवान आन्दोलनमा सरिक भई विभिन्न मोर्चाहरुमा समेत सक्रिय रहेका साम्सुहाङ् नेतपाली कांग्रेसको राजनीति त्यागेर मञ्चले अवलम्बन गरेको पहिचान र लिम्बुवानको राजनीतिमा सक्रिय भएका थिए ।

ताप्लेजुङको चाक्सिबोटे ७ कातिकेमा २००४ सालमा जन्मिएका उनी पछिल्लो समय झापा शिवसताक्षीका स्थायी रुपमा बसोबास गर्दै आउनु भएको थियो । लिम्बुवान मञ्चको क्षेत्रीय सभापति बाट पहिचान समिति सदस्य हुुँदै संघीय तथा प्रान्तीय मञ्चको केन्द्रीय सदस्य बनेका लिम्बुका ३ छोरा र ४ छोरीका धनी थिए ।

सामाजिक व्यक्तित्व, अत्यन्तै मिलनसार, लिम्बुवान सहितको १०+१ प्रान्तको राजनीतिमा सधै क्रियाशिल रहनुहुने नेताको निधनले अपुरणीय क्षति पुगेको मञ्चका उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्ले बताए । उनको आजै कन्काई माई नजिकै दुमुखामा किरात धार्मिक परम्परा अनुसार अन्त्येष्टी गरिएको छ ।

 

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...