झापा कमलका बलबहादुर बने विनायो कोङकोङमा प्रथम

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । झापा कमलका बलबहादुर राई ‘विश्वव्यापी अनलाइन कोङकोङमा (विनायो) वादन खुला प्रतियोगिता २०७८’मा प्रथम भएका छन् । किरात राई सांस्कृतिक कलाकार संघको आयोजनामा अनलाइन मार्फत विहिबार सम्पन्न भएको प्रतियोगितामा उनले प्रथम स्थान हासिल गर्दै १६ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र जितेका छन् ।

यसैगरी खोटाङ जाल्पाकी पम्फा खालिङ राईले दोस्रो स्थान जितेकी छिन् । उनले १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेकी छिन् । भने ओखलढुङगाकी जितुमाया राईले तेस्रो स्थान प्राप्त गरेकी छिन् । उनले ७ हजार नगद पुरस्कार सहित प्रमाण–पत्र प्राप्त गरेकी छिन् ।

यस्तै सात्वाना पुरस्ष्कार झापाकी मन कुमारी राईले प्राप्त गरेकी छिन् । उनले पाँच हजार रुपैयाँ प्राप्त गरेकी छिन् । भने ओखलढुङगाकी विष्णु माया राई (९६ वर्ष) र देशीलक्षु राई (९२ वर्ष)लाई पाँच हजार नगदसहित जेष्ठ पुर्खा सम्मान प्रदान गरेका छन् ।

लोपोन्मुख बनेको विनायो बाजाको संरक्षण, सम्बद्र्धन गर्दै युवा पिँढीमा हस्तान्तरण गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा १११ जना सहभागी भएको संघको महासचिव राई नविनले जानकारी दिए । प्रतियोगिता दुई चरणमा सञ्चालन भएको थियो । पहिलो चरण पार गरेका प्रतिष्पर्धीले दोस्रो चरणमा भिडियो पठाएका थिए । निर्णायक मण्डलमा वरिष्ठ गायक जीतेन राई, गायिका पार्वती राई र सांस्कृतिकर्मी तथा संस्थाका निवर्तमान अध्यक्ष राजुएन राई रहेका थिए ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...