झापा कमलका बलबहादुर बने विनायो कोङकोङमा प्रथम

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । झापा कमलका बलबहादुर राई ‘विश्वव्यापी अनलाइन कोङकोङमा (विनायो) वादन खुला प्रतियोगिता २०७८’मा प्रथम भएका छन् । किरात राई सांस्कृतिक कलाकार संघको आयोजनामा अनलाइन मार्फत विहिबार सम्पन्न भएको प्रतियोगितामा उनले प्रथम स्थान हासिल गर्दै १६ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र जितेका छन् ।

यसैगरी खोटाङ जाल्पाकी पम्फा खालिङ राईले दोस्रो स्थान जितेकी छिन् । उनले १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेकी छिन् । भने ओखलढुङगाकी जितुमाया राईले तेस्रो स्थान प्राप्त गरेकी छिन् । उनले ७ हजार नगद पुरस्कार सहित प्रमाण–पत्र प्राप्त गरेकी छिन् ।

यस्तै सात्वाना पुरस्ष्कार झापाकी मन कुमारी राईले प्राप्त गरेकी छिन् । उनले पाँच हजार रुपैयाँ प्राप्त गरेकी छिन् । भने ओखलढुङगाकी विष्णु माया राई (९६ वर्ष) र देशीलक्षु राई (९२ वर्ष)लाई पाँच हजार नगदसहित जेष्ठ पुर्खा सम्मान प्रदान गरेका छन् ।

लोपोन्मुख बनेको विनायो बाजाको संरक्षण, सम्बद्र्धन गर्दै युवा पिँढीमा हस्तान्तरण गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा १११ जना सहभागी भएको संघको महासचिव राई नविनले जानकारी दिए । प्रतियोगिता दुई चरणमा सञ्चालन भएको थियो । पहिलो चरण पार गरेका प्रतिष्पर्धीले दोस्रो चरणमा भिडियो पठाएका थिए । निर्णायक मण्डलमा वरिष्ठ गायक जीतेन राई, गायिका पार्वती राई र सांस्कृतिकर्मी तथा संस्थाका निवर्तमान अध्यक्ष राजुएन राई रहेका थिए ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...