धिमाललाई उर्लाबारी नगरको पहिलो जाति घोषणा

 लिम्बुवान न्युज
                       

उर्लाबारी । उर्लाबारी नगरपालिकाले धिमाल जातिलाई नगरको प्रथम जातिको रुपमा घोषणा गरेको छ । यस अघि दमक, बेलबारी र पथरीशनिश्चरले प्रथम जाति घोषणा गरिसकेको धिमाल जातिलाई नगरको साँतौं सभाले पहिलो जाति घोषणा गरेको हो ।

पहिलो जाति घोषणा भएको अवसर पारेर उर्लाबारी चोकमा धिमाल जाति विकास केन्द्रको अगुवाईमा शुक्रबार साँझ दिप प्रज्वलनकार्यक्रम भएको छ । स्थानीय सरकारले सातौं नगरसभामा धिमाल जातिलाई नगरको पहिलो जाति घोषणा गरेकोमा खुशी हुँदै कार्यक्रम गरिएको केन्द्रका महासचिव मातृका धिमालले बताए । धिमाल जातिय पहिचानको लागि निरन्तर लड्ने बताउँदै महासचिव धिमालले भने हाम्रो लडाई स्वायत्तताको हो ।

उर्लाबारी चाेकमा दिप प्रज्वलन गर्दै धिमाल जाति विकास केन्द्रका पदाधिकारी एवं उपस्थित जनसमुदायहरूः

दिप प्रज्वलन कार्यक्रममा नगरपालिकाका मेयर खड्ग फागो र उपमेयर लक्ष्मीदेवी भण्डारी समेत घोषाण कार्यक्रममा उपस्थित भएर ऐक्यबद्धता जनाएका थिए । मेयर फागोले आदिवासी धिमाल समुदाय प्राचीन कालदेखि नै यस क्षेत्रमा बसेर आफ्नो जातीय अस्तित्व कायम गरेर बसेको भन्दै धिमालहरु यस क्षेत्रका पहिलो नागरिक भएको भन्दै प्रथम नागरिक घोषणा गरिएको प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा केन्द्रका सहअध्यक्ष कृष्ण बहादुर धिमालले नगरपालिकाको कार्यको प्रशंसा गर्दै आभार व्यक्त गरेका छन् । संगठन विभाग प्रमुख अजित कुमार धिमालले धिमाल जाति विकास केन्द्र र नगर समितिले संयुक्त रूपमा पहिलो नागरिक घोषणा गर्न माग गरेको जानकारी दिए । ‘समुदायको सामाजिक, आर्थिक, साँस्कृतिक, शैक्षिक स्तर उकास्न स्थानीय सरकारले कार्यक्रम ल्याउनुपर्छ,’ उनले थपे ।

२०६८ सालको राष्ट्रिय जनगणनाअनुसार धिमाल समुदायको जनसंख्या १९,५३७ रहेको तथ्याङ्क छ । यद्यपी धिमाल जाति विकास केन्द्रले सो तथ्यांकलाई अस्वीकार गर्दै ४० हजारको हाराहारीमा जनसंख्या रहेको बताउँदै आएको छ ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...