निर्वाचन आयोगको इजलासमा जसपा विवाद बारे आजबाट बहस हुँदै

,   लिम्बुवान न्युज
                       

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को आधिकारिता विवाद सुल्झाउन निर्वाचन आयोगले गठन गरेको इजलास आज (आइतबार) बस्दै छ । जसपा आधिकारिकताको विवाद बारे बहस बिहान ११ बजे बाट सुरु हुने बताइएको छ ।

जसपाबाट निष्कासित महन्थ ठाकुरलगायत समूहले आयोगसमक्ष आफूहरुलाई जसपाबाट अलग गरिदिन माग गर्दै निवेदन दिएपछि दलको आधिकारिकता बारे जसपाले पनि आयोगमा आधिकारिकता दावी गर्दै निवेदन दिएको थियो । आइतबारबाट सुरु वहस सकिएपछि आयोगले आधिकारिकता सम्बन्धी विवादमा निर्णय गर्ने छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगको निर्णय आउने समय बहस कति लामो चल्छ भन्ने कुरामा भर्नेछ । जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि गत असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरिएको थियो ।

यो इजलासले जसपाको नाम र निर्वाचन चिह्न कुन पक्षले पाउने भन्ने निर्णय लिने छ । त्यसैले आयोगले लिने निर्णयलाई चासोका साथ हेरिएको छ ।
आयोगलाई आफ्नो बहुमत रहेको देखाउन आज सशरीर निर्वाचन आयोगमा उपस्थित हुने जसपाले जनाएको छ ।

जसपाबाट निष्कासित ठाकुर समूहले किर्ते गरी पेश गरेको कार्यकारिणी समितिको नामावली यसअघि नै निर्वाचन आयोगले खारेज गरिसकेको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;