निर्वाचन आयोगको इजलासमा जसपा विवाद बारे आजबाट बहस हुँदै

 लिम्बुवान न्युज
                       

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को आधिकारिता विवाद सुल्झाउन निर्वाचन आयोगले गठन गरेको इजलास आज (आइतबार) बस्दै छ । जसपा आधिकारिकताको विवाद बारे बहस बिहान ११ बजे बाट सुरु हुने बताइएको छ ।

जसपाबाट निष्कासित महन्थ ठाकुरलगायत समूहले आयोगसमक्ष आफूहरुलाई जसपाबाट अलग गरिदिन माग गर्दै निवेदन दिएपछि दलको आधिकारिकता बारे जसपाले पनि आयोगमा आधिकारिकता दावी गर्दै निवेदन दिएको थियो । आइतबारबाट सुरु वहस सकिएपछि आयोगले आधिकारिकता सम्बन्धी विवादमा निर्णय गर्ने छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगको निर्णय आउने समय बहस कति लामो चल्छ भन्ने कुरामा भर्नेछ । जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि गत असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरिएको थियो ।

यो इजलासले जसपाको नाम र निर्वाचन चिह्न कुन पक्षले पाउने भन्ने निर्णय लिने छ । त्यसैले आयोगले लिने निर्णयलाई चासोका साथ हेरिएको छ ।
आयोगलाई आफ्नो बहुमत रहेको देखाउन आज सशरीर निर्वाचन आयोगमा उपस्थित हुने जसपाले जनाएको छ ।

जसपाबाट निष्कासित ठाकुर समूहले किर्ते गरी पेश गरेको कार्यकारिणी समितिको नामावली यसअघि नै निर्वाचन आयोगले खारेज गरिसकेको छ ।

सम्बन्धित समाचार

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...

चन्द्र गजमेर शुभकामना साकोसको अध्यक्षमा पुनः निर्वाचित

ललितपुर, ११ पुष । झापाको दमक–६ मा रहेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन लगायत प्रतिवेदनहरु पास गर्दै नयाँ समिति चयन गरेको...

उज्यालो नेपाल पार्टी इलाम जिल्ला गठनः अध्यक्षमा सन्तराम याेङहाङ

ललितपुर, ११ पौष । उज्यालो नेपाल पार्टी इलाम जिल्ला समिति गठन भएको छ । शुक्रबार इलाम बजारमा आयोजित एक कार्यक्रमबाट सन्तराम योङहाङको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य प्रा.डा. महेन्द्र...