काठमाडौं, ४साउन । नेपाललाई अनुदानमा अमेरिकाले दिएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप आजदेखि लगाइने भएको छ । कोरोना खोप अभियान अन्तर्गत आजबाट लगाउन थालिने स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
खोप दुर्गम जिल्लाहरुमा पुग्न बाँकी रहेको हुँदा ति बाहेक पुगिसकेको जिल्लाहरुमा आजबाट खोप अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत प्रदान गरेको जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप गत २८ असारमा काठमाडौं पठाएको थियो ।
यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।