लिम्बु कथामा आधारित चलचित्र “थिम”को सम्पादन हुँदै, फस्टलूक सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक, ४ साउन । लिम्बू कथामा आधारित चलचित्र ‘थिम्’(संस्कार)को सम्पादन शुरुभएको छ । गतसाल चैत्रमा नै छायांकन सकिएको चलचित्र थिमको कोरोनाको दोस्रो भेरियन्टले सम्पादनमा कठिनाई भएको निर्देशक यलम्बर खम्बूले बताएका छन् । निर्देशक खम्बूले शनिबार चलचित्रको फस्टलूक सार्वजनिक गरेका हुन् ।

चलचित्र पान्थर र ताप्लेजुङको विभिन्न रमणिय स्थलहरुमा छायांकन गरिएको छ । याक्थुङ् फिल्मस प्रा.लि.द्वारा निर्मित चलचित्रका निर्माताहरुमा निर्देशक खम्बु, सागर केरुङ, कृष्णराज नेम्बाङ, डिबि खुदाङ र भोजराज साँबा रहेकाछन्  त्यसैगरी सह-निर्माताहरूमा नन्दुभाइ मेन्याङबाे, मानबहादुर साँवा र दिपक राजवंशी रहेका छन् । सागर केरुङको लेखन रहेको यो चलचित्रको मुख्य सहायक निर्देशक दिनेश माङ्मु, साहायक निर्देशक डिआर हाङ्सरुम्बा, रेगन प्रसाईं र अम्बरबहादुर तुम्बापो रहेका छन् ।

त्यसैगरी बिक्रम डिसिको छायाँङ्कन रहेको ड्रोन अपरेटर बिक्रम याम्फु रहेका छन् । त्यसैगरी नृत्य निर्देशकमा माङ्मु र सहायक निर्देशकमा निङ्वा नेम्बाङ् रहेका छन् भने नृत्य फिदिमस्थित बरदान संगीतालयको रहेको छ ।

पुर्वी नेपालको लिम्बुवानमा हजारौं बर्ष देखि बसोबास गर्दै आएको लिम्बु जातिहरुको मुन्धुमलाई दर्शनको रुपमा मान्ने लिम्बू जातिहरुको आफ्नै भाषा, लिपि, धर्म, कला, संस्कार, संस्कृति, पहिचान र मूल्य मान्यताहरु छन् । आफूलाई आदिम जाति भएको हुँदा यहाँको भूमिपुत्र हुँ भन्ने यथार्थलाई चलचित्रमा समेटिएको छ ।

लिम्बु जातिको जातिय परम्परा, रितिरिवाज अनुसार जन्म, विवाह र मृत्यु कर्मलाई संस्कार (थिम) अनुसार गर्नु पर्छ भन्ने चेतनामूलक सन्देश बोकेको थिमले लिम्बू समुदायलाइ सुन्दर र सभ्य बनाएको छ । पहिला सूचना दिने कुनै साधनहरु थिएन सो बेला जन्म, मृत्यु संस्कार, विहाह संस्कार जस्ता थिम् (संस्कार)हरुमा एकले अर्कालाइ आमन्त्रण गर्न नसकुने भनेर काइँजलको फल पड्काउने, बाँसको ढुँग्रोमा पानी लगाएर पोलेर पड्काउने गर्दथ्ये । जोडी पड्के सुभ संकेत र बेजोडी पड्के असुभ संकेत भएको बुझेर मान्छेहरु जम्मा हुन्थे ।

यि संस्कारहरु गर्ने कर्मकाण्डमा पछि बन्दुक पड्काउने प्रचलन आएको थियो तर नेपालको संसोधित मुलुकी ऐन २०७४, नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२९ को धारा १ ‘क’ र ‘ग’ र उपधारा २ जस्ता ऐनहरुको ब्यवस्था गरि लिम्बू जाति मानिआएको परम्परा रोकेको छ । यस्तै कथालाई चित्रण गर्दै वर्तमान जीवनशैलीलाई श्रब्य दृश्यको सहायतामा चलचित्र “थिम्” मार्फत प्रस्तुत गर्न खोजिएको छ ।

करिव ३० लाख लगानीमा निर्माण भएको चलचित्र थिम् कोरोना अन्त्यभएमा आगामी हिन्दुहरुको महान चार्ड दशैसम्ममा रिलिज हुने निर्देशक खम्बुले बताए ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...