अब इतिहासको पन्नामा साहित्यकार नवल फाइवाली

 लिम्बुवान न्युज
                       

दमक, ५ साउन । किरात साहित्यकार तथा लेखक नरबहादुर लिम्बू (नवल फाइवाली)को निधन भएको छ । झापाको अर्जुनधारा ७ निवासी ८० वर्षीय साहित्यकार फाइवालीको मंगलबार दिउँसो निधन भएको हो । अब उनी इतिहासको पन्नमा मात्र हुनेछन् ।

साहित्यकार फाइवालीलाई ५ दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि सोमबार उपचारका लागि बिर्तामोडको बिर्ता सिटी हस्पिटलमा भर्ना गरिएको थियो । यसअघि अर्जुनधारा ७ कै शंकर हस्पिटलमा केही दिन उपचार गरिएको थियो । उपचारकै क्रममा छातीमा समस्या देखिएपछि उनलाई मंगलबार बिर्ता सिटी हस्पिटलमा भर्ना गरिएको हो ।

पछिल्लोपटक उनको एन्टिजेन परीक्षण गरिँदा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उपचारकै क्रममा हृदयघात भई निधन भएको कान्छा छोरा राज लिम्बूले जानकारी दिएका छन् । हस्पिटलमा भर्ना गरिए पनि उनको छातीमा समस्याबाहेक कुनै समस्या देखिएको थिएन ।

बि.सं. १९९८ सालमा जन्मिएका साहित्यकार नवल फाइवाली किरात धर्म, संस्कार र भाषाका लागि विज्ञ मानिन्थे । उनका दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनको पहिलो कृति ‘अन्यायको हार’ २०३६ मा प्रकाशित भएको थियो भने उनको पछिल्लो कृति ‘अन्तिम यात्रा’ प्रकाशनमा आएको छ । किरात सिरीजंगा लिपीमा प्रकाशित कृतिहरुमा याक्थुङ मिङवान २०५०, पालाम २०५०, मुक्पान सुम २०६१, नानु खदेम २०६९ रहेको छ । उनी किरात याक्थुङ चुम्लुङका पूर्व केन्द्रीय सदस्य हुन् । योङहाङ कुलवंशको केन्द्रीय उपाध्यक्ष समेत भएका उनी यलम्बर टाइम्स साप्ताहिकका स्तम्भरकार सहित समेत रहेका थिए ।

लिम्बूभाषा साहित्य प्रतिष्ठानको केन्द्रीय समितिको निवर्तमान उपकुलपति समेत रहेका फाइवाली हालसम्म कुनै कति कतै खोट नलागेका एक असल व्यक्तित्व रहेको लिम्बु साहित्यकार सेसेमी से नाल्बो बताउँछन् । उनमा सिर्जनसिल साहित्य प्रतिको झुकाव अत्यन्तै रहेको नाल्बो बताउँछन् । विभिन्न संघसंस्थाहरुले सम्मान गरिसकेका फाइवालीलाई लिम्बु साहित्य प्रतिष्ठानले झापाको दमकमा गत वैशाखमा याक्थुङ साहित्य पुरस्कार २०७८ द्वारा सम्मान गरेको सम्मान नै उनको अन्तिम सम्मान रहेको थियो ।

सम्बन्धित समाचार

अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको लिए शपथ

ललितपुर, ११ चैत्र । नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । केसी...

सहिद लाजेहाङको स्मृति सभामा पहिचानवादीहरूले प्रदेश १ काे ‘काेशी’ नाम खारेज गरि पहिचानका आधारमा राख्नुपर्ने माग

माेरङ, १० चैत । ‘काेशी’ नाम खारेजी आन्दोलनका सहिद पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’ लाई पहिचानवादीहरूले स्मरण गरेका छन् । लाजेहाङकाे तेस्रो स्मृति दिवसको अवसरमा उनको सम्झना गरिएको हाे । मङ्गलबार बेलबारीमा प्रदेश नम्बरको एक पुनः...

किरात याक्थुङ चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा

दमक, १० चैत्र । याक्थुङ लिम्बु जातिको साझा संस्था किरात याक्थुङ् चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । मंगलबार झापाको चारआलीस्थित होटल नाङ्लोमा कियाचु संघीय समितिले पत्रकार सम्मेलन गर्दै झापाको भद्रपुर चन्द्रगढीमा...

चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशन झापामा हुँदै

दमक, ४ चैत । किरात याक्थुङ चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशन चैत १२, १३ र १४ गते तीन दिवसीय हुने भएको छ । झापाकाे भद्रपुर नगरपालिकास्थित चन्द्रगढीमा कियाचु झापाकाे व्यवस्थापन तथा भद्रपुर नगर शाखाको सह–व्यवस्थापनमा १२औं...