पाँचथरका समाजसेवी सेर्माद्वारा स्वास्थ्य सामाग्री प्रदान

 लिम्बुवान न्युज
                       

यासोक । पाँचथरको कुम्मायक २ माङजाबुङका समाजसेवी गजेन्द्र शेर्माले कुम्मायक, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकालाई स्वस्थ्य सामग्री सहयोग गरेका छन् ।

रोजगारको शिलसिलामा दक्षिण कोरियामा रहनु भएका शेर्माले कोरोना कोभिड १९ को महामारिको रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउन सो स्वस्थ्य सामग्री बितरण गरेका हुन् ।

समाजसेबि शेर्माले चार लाख रकमको बराबरको ज्वरो नाप्ने थर्मलगन र सेनिटाइजर लगायतका स्वस्थ्य सामग्री सहयोग गरेका हुन् । गजेन्द्रले पठाएको सामाग्री उनका दाजु घनेन्द्र सेर्मा मार्फत पालिकाका विभिन्न केन्द्रमा बितरण गरिएको छ ।

मिक्लाजुङ् गाउँपालिकाका १ र २ का लागि ३५ वटा थर्मलगन, ६ हजार ४ सय पिस सर्जिकल मास्क, फाल्गुनन्द गाउँपालिका वडा नम्बर ६ का लागि ६ ओटा थर्मलगन ४ हजार ५ सय पिस मास्क, कुम्मायक गाउँपालिका–१ का लागि थर्मलगन २४ वटा २ का लागि ३० वटा थरमल गर्न र ४ हजार ९ सय ९४ पिस सर्जिकल माक्स, ३ का लागि १६ वटा थरमलगन, ४ वडाका लागि १२ वटा थरमलगन र ५ वडाका लागि १६ वटा थरमलगन गरि १ सय ४७ थरमलगन र १५ हजार ९ सय पिस सर्जिकल माक्स सहयोग गरेका छन् ।

समाजसेबि सेर्माले एक बिज्ञप्ति जारी गर्दै कोरोना कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा थप सहयोग पुगोस भनेर आफुले स्वस्थ्य सामग्री सहयोग गरेको कोरियाबाट सहयोगदाता गजेन्द्र सेर्माले जानकारी दिनु भएको छ ।

बिगतका केही समयमा पनि ब्यक्तिगत रुपमा कुम्मायक–२ मा २ लाख १६ हजार बराबरको स्वस्थ्य सामग्री बितरण गरि सकेका छन् । बिज्ञप्ति मार्फत समाजसेबि शेर्माले समाजका लागि केही गरेकोले थप हौसलाका लागि सञ्चारकर्मी सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...