भाग्यमानी भरतमणिलाई गृहजिल्लाबाट ६ लाखको प्रोत्साहन पुरस्कार

 लिम्बुवान न्युज
                       

एमाले नेता याेगेश भट्टराइसँग भरतमणि पाैडेल

काठमाडौं । कमेडी च्याम्पियन सिजन–२ का प्रतिस्पर्धी भरतमणि पौडेललाई ६ लाख रुपैयाँ राशीको पुरस्कार दिने जिल्लावासीहरुले घोषणा गरेका छन् । पौडेललाई गृह जिल्ला ताप्लेजुङका सांसद् तथा पूर्व मन्त्री योगेश भट्टराईको अग्रसरता र संयोजनमा पुरस्कार दिइने भएको हो ।

भट्टराईले व्यक्तिगत रुपमा १ लाख रुपैयाँ, ताप्लेजुङ सरोकार समाजले २ लाख, ताप्लेजुङ सरोकार केन्द्रले २ लाख तथा रेडियो तमोरको तर्फबाट १ लाख रुपैयाँ गरी ६ लाखको पुरस्कार घोषणा गरिएको हो । भाग्यमानी पौडेललाई च्याम्पियन यात्रा सकिएपछि मात्र सो पुरस्कार प्रदान गरिनेछ ।

ताप्लेजुङका कलाकार पौडेल अहिले कमेडी च्याम्पियनको शीर्ष ६ मा प्रतिस्पर्धा गरिरहेका छन् । प्रस्तुतिका आधारमा उनी च्याम्पियनको यस सिजनमा सबैभन्दा उत्कृष्ट देखिएका छन् । दुई साताअघिको एपिसोडमा भरतमणिले पूर्व मन्त्री भट्टराईकै एक क्यारिकेचर गरेका थिए । जिल्लाको उदाउँदो कलाकारलाई प्रोत्साहनस्वरुप पुरस्कार घोषणा गरिएको सांसद भट्टराईले बताए ।

उनकै संयोजनमा काठमाडौंमा उपलब्ध ताप्लेजुङका संघ संस्थाका प्रतिनिधिहरुको भेलामा छलफल भएपछि पुरस्कार दिने निर्णय गरिएको हो । कलाकारिताको सम्मान गर्न सकियो भने संस्कृतिको सम्मान हुने धारणा राख्दै नेता भट्टराईले नव प्रतिभालाई अघि बढ्ने वातावरण बनाउन सदैव अग्रसर हुने बताए ।

सम्बन्धित समाचार

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...

आजबाट निर्वाचन आचारसंहिता लागू

दमक, चैत्र २८ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम जिल्लाको क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर...

पहिचानवादीहरुको साझा उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित २० जनाको उम्मेदवारी मनोनयन

इलाम, २५ चैत्र। १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार इलामस्थित मुख्य...