“सिरिजङ्गा लिपी”लाई किरात लिपि नामाकरण गरिएकोमा युमा साम्योको आपत्ति

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । त्येअङ्सी सिरिजङ्गा सिं थेवेको सम्मानमा राखिएको सिरिजङ्गा लिपिलाई ‘किरात लिपि’ नामाकरण गर्न खोजिएको भन्दै युमा साम्यो महासभाले आपत्ति जनाएको छ । चार जातीय संस्थाहरूले सिरिजङ्गाको पहिचान र सावायेत्हाङकालीन इतिहास नामेट गर्ने गरी लिपिको नाम परिवर्तन गर्न खोजेको युमा साम्यो महासभा अन्तर्राष्ट्रिय समन्वय समितिले आरोप लगाएको छ ।

सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासभाको अन्तर्राष्ट्रिय समन्वय समितिले चार किरातजन्य संस्थाहरूले साझा लिपि बनाउने नाममा सिरिजङ्गाको योगदान र मौलिक पहिचानको अवहेलना गरेको भन्दै विरोध गरेको छ । महासभाले चार किरातजन्य संस्था मात्र नभई हिमालयन मूलावासी समुदायले नै लिपिको प्रयोग गर्न सक्ने तर साझा बनाउने नाममा अन्य नाम दिनु सर्वथा गलत भएको उल्लेख गरेको छ ।

‘सावायेत्हाङकालमा विकसित भएको त्येअ्सी सिरिजंगा सिं थेवेप्रति समर्पित यस सिरिजङ्गा लिपिलाई चारवटा संस्थाहरूले मात्रै नभई सम्पूर्ण हिमालयन मूलवासी समुदायले साझा लिपिका रूपमा प्रयोग गर्न सक्छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले, सिरिजङ्गाको नाममा फँुदो फुर्को जोडिरहन आवश्यक छैन ।’

महासभाका असंस अध्यक्ष नरेन्द्र माबोहाङ र महासचिव धनराज साम्याङखामले हस्ताक्षर गरेको विज्ञप्तिमा चार किरात संस्था र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका प्रमुखहरूलाई सही मार्गमा हिँड्न पनि आग्रह गरेका छन् ।

एक साताअघि काठमाडौँमा भएको छलफलमा किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लङ, किरात सुनुवार सेवा समाज र किरात याक्खा छुम्माका प्रतिनिधिहरूले लिपिलाई किरात लिपि नामाकरण गरेर साझा रुपमा प्रयोग गर्ने बारे धारणा राखेका थिए ।

आदिवासी याक्थुङ लिम्बु समुदायको संस्था चुम्लुङ २०४९ मा लिपिको नाम किरात सिरिजंगा लिपि राख्ने संस्थागत निर्णय गरेको थियो । यायोक्खाले भने केवल किरात लिपि राखे पुग्ने धारणा व्यक्त गर्दै आएको छ । यद्यपी युमा धर्मावलम्बीहरूले भने भाषाको नाम याक्थुङ पाःन् र लिपिको नाम सिरिजङ्गा रहनुपर्ने मत राख्दै आएका छन् । त्येअङ्सी सिरिजङ्गा सिं थेवेको जन्म लिम्बुवानको याङ्वरक थुमको सिनाम तेल्लोक गाउँमा सन् १७०४ मा भएको इतिहासकारहरूले विभिन्न पुस्तकमा उल्लेख गरका छन् ।

विज्ञप्ति हेर्नुहोस्ः

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;