“याक्थुङ आइडल सिक्किम” प्रतियोगिता हुँदै, कार्यक्रमको पोस्टर सार्वजनिक

,   लिम्बुवान न्युज
                       

  • सुबास केरुङ ‘नुनाम’

पाँचथर। सिक्किममा याक्थुङ आइडल सिक्किम (याक्थुङ इनाक सुखिम) हुने भएको छ । नियारा प्रोडक्सन सिक्किमको आयोजनामा उक्त प्रतियोगिता विश्व भरि छरिएर बसेका लिम्बू भाषिहरुले सहभागी हुन पाउने गरि गर्न लागिएको हो ।

मंगलबार सिक्किमको डिलाइट होटलको सभाहलमा पत्रकार सम्मेलन गरि याक्थुङ आइडल सिक्किम (याक्थुङ इनाक सुखिम) को पोस्टर सार्बजनिक गरिएको थियो ।

सिक्किममा विभिन्न रियालिटी सोहरु भएता पनि याक्थुङ आइडल भने पहिलो पटक गर्न लागिएको आयोजक नियारा प्रोडक्सनले जनाएको छ । बिगत बर्षहरुमा पहिलो पटक अन्तराष्ट्रिय चासोक तङ्नाम मेला साथै विभिन्न लिम्बु फेस्टिभलहरुको आयोजना गर्दै आइरहेको छ । याक्थुङ आइडल ( याक्थुङ इनाक)मा भने विभिन्न लिम्बू भाषाका गीतहरु गाउन सक्ने लिम्बू गैर–लिम्बुहरुले भाग लिन सक्ने कुरा यस आयोजक समितिका अध्यक्ष नियारा ताम्लिङले बताइन् ।

प्रतियोगीताको अडिसन भने डिजिटल प्रबिधिबाट नभएर स्वयम् उपस्थितिबाट अडिसन गरिने तर विभिन्न स्थानमा अडिसन गरिने बताईन । विश्व महामारी कोरोना भाइरसले बिश्व प्रभाबित भइरहेको अवस्थामा यस्तो कार्यक्रम गर्नु चुनौतिको बिषय होइन ? भन्ने प्रश्नमा उनले कोरोनाको अवस्थालाई मध्यनजर गर्दै सामान्य अवस्थामा फर्किने बितिकै फारम बितरण खोल्ने र अडिसनको तयारी गर्ने बताउनु बताइन् ।

अध्यक्ष ताम्लिङ्ले भनिन् –अहिलेको नयाँ पिडिमा आफ्नो भाषा संस्कार संस्कृति तथा साहित्य कलाका बिषयहरुमा चासो घट्दै गइरहेकोले यस्तो रियालिटी सोहरुले उनिहरुमा नयाँ थप उर्जा प्रदान गर्ने र आफ्नो जिम्मेवारी बारे थोरै भए पनि सिक्ने छन् ।

कार्यक्रम आयोजक समितिका प्रमुख सल्लाहकार एस.बि. माङ्युङका अनुसार यस प्रतियोगितामा हाक्पारे, पालाम, ख्याली, ताम्के, तुवा र माङसाम्लो लगायत सबै बिधाका गीतहरु गाउन सकिने छ ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;