कक्षा ११ मा लिम्बु, राई बान्तावा र नेवारी भाषा पढाई हुने

 लिम्बुवान न्युज
                       

धरान । धरानको नेशनल एकेडेमीले यसै शैक्षिक सत्रदेखि विद्यार्थीहरुलाई लिम्बु, राई वान्तवा र नेवारी भाषा पनि पढाउने भएको छ । सरकारले कक्षा ११ मा सामाजिक शिक्षालाई अनिवार्य बनाए पछि उक्त बिषयलाई परिणाममुखी बनाउन कलेजले लिम्बु, राई वान्तवा र नेवारी भाषामा पनि पढाउने तयारी गरेको हो ।

नेशनलले कक्षा ११ मा गरेको यो नयाँ प्रयोग हुने जनाएको छ । शिक्षा क्षेत्रका उत्पादनहरु सामाजिक परिवेश अनुकुल साथै सामाजिक विकास हुन नसकेको निचोडका साथ माध्यमिक शिक्षा कक्षा १२ सम्म सरकारले सामाजिक शिक्षालाई अनिवार्य गरेको छ । समुदायसँग विद्यार्थीहरुलाई अझ नजिक जोड्न र उनीहरुको सामाजिक विकासमा सहयोग पुर्याउन कलेजले विभिन्न भाषाको पढाई शुरु गर्न लागेको सिईओ देव सुब्बाले बताए ।

शिक्षा क्षेत्रलाई बढी पेशा ब्यावसायको रुपमा लिएर अनावश्यक प्रतिस्पर्धा गरेर विद्यार्थीहरुको भविष्य माथि खेलवाड भइरहेको भन्दै कलेजका प्रिन्सिपल श्रीशिशा राईले शिक्षालाई पैसा, प्रमाणपत्र र फेसनका रुपमा मात्र बुझ्न थालिएकोले लिम्बु, राई बान्तावा र नेवारी भाषाको पठनपाठन शुरु गरेर कलेजले आफ्नो सामाजिक दायित्व पनि पुरा गर्ने प्रयास गरेको बताए । ‘यी भाषाको पठनपाठन पुर्ण विषयकोरुपमा नभई सामाजिक शिक्षा विषयको उद्देश्य पुरा गर्न सहायक कक्षाको रुपमा सञ्चालन गर्न लागेको हो,’प्रिन्सिपल राईले भने।

धरान उपमहानगरपालिकाले पनि चालु आर्थिक बर्ष २०७८/०८९ मा बहुभाषा पाठाशालाको अवधारणा ल्याएको छ । नेशनलको पहलकदमीले उपमहागनरको अवधारणालाई सहयोग पुग्ने कलेजका अध्यक्ष सालिकराम राईको भनाई छ । उनले नेपालमा धेरै भाषाहरु बोलिने गरेपनि कलेजले आफ्नो स्रोत साधनलाई ध्यान दिएर तीन भाषा मात्र सहायक विषयको रुपमा पठनपाठन गर्न लागिएको बताए ।

‘हामीले जहिले पनि जीवन उपयोगी शिक्षामा जोड दिएका छौं, नेशनल एकेडेमी पढ्ने विधार्थीहरु समाज, समुदाय, र बजारमा स्थापित हुन सजिलो हुन्छ,’ उनले भने, ‘विद्यार्थी र अविभावकहरुलाई कुनै कलेज भर्ना गर्नु अगाडि कलेजको बारेमा राम्ररी बुझ्न आग्रह गर्छु ।’

( तस्वीरः क्लिक धरानबाट)

सम्बन्धित समाचार

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...

आजबाट निर्वाचन आचारसंहिता लागू

दमक, चैत्र २८ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम जिल्लाको क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर...

पहिचानवादीहरुको साझा उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित २० जनाको उम्मेदवारी मनोनयन

इलाम, २५ चैत्र। १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार इलामस्थित मुख्य...