कक्षा ११ मा लिम्बु, राई बान्तावा र नेवारी भाषा पढाई हुने

 लिम्बुवान न्युज
                       

धरान । धरानको नेशनल एकेडेमीले यसै शैक्षिक सत्रदेखि विद्यार्थीहरुलाई लिम्बु, राई वान्तवा र नेवारी भाषा पनि पढाउने भएको छ । सरकारले कक्षा ११ मा सामाजिक शिक्षालाई अनिवार्य बनाए पछि उक्त बिषयलाई परिणाममुखी बनाउन कलेजले लिम्बु, राई वान्तवा र नेवारी भाषामा पनि पढाउने तयारी गरेको हो ।

नेशनलले कक्षा ११ मा गरेको यो नयाँ प्रयोग हुने जनाएको छ । शिक्षा क्षेत्रका उत्पादनहरु सामाजिक परिवेश अनुकुल साथै सामाजिक विकास हुन नसकेको निचोडका साथ माध्यमिक शिक्षा कक्षा १२ सम्म सरकारले सामाजिक शिक्षालाई अनिवार्य गरेको छ । समुदायसँग विद्यार्थीहरुलाई अझ नजिक जोड्न र उनीहरुको सामाजिक विकासमा सहयोग पुर्याउन कलेजले विभिन्न भाषाको पढाई शुरु गर्न लागेको सिईओ देव सुब्बाले बताए ।

शिक्षा क्षेत्रलाई बढी पेशा ब्यावसायको रुपमा लिएर अनावश्यक प्रतिस्पर्धा गरेर विद्यार्थीहरुको भविष्य माथि खेलवाड भइरहेको भन्दै कलेजका प्रिन्सिपल श्रीशिशा राईले शिक्षालाई पैसा, प्रमाणपत्र र फेसनका रुपमा मात्र बुझ्न थालिएकोले लिम्बु, राई बान्तावा र नेवारी भाषाको पठनपाठन शुरु गरेर कलेजले आफ्नो सामाजिक दायित्व पनि पुरा गर्ने प्रयास गरेको बताए । ‘यी भाषाको पठनपाठन पुर्ण विषयकोरुपमा नभई सामाजिक शिक्षा विषयको उद्देश्य पुरा गर्न सहायक कक्षाको रुपमा सञ्चालन गर्न लागेको हो,’प्रिन्सिपल राईले भने।

धरान उपमहानगरपालिकाले पनि चालु आर्थिक बर्ष २०७८/०८९ मा बहुभाषा पाठाशालाको अवधारणा ल्याएको छ । नेशनलको पहलकदमीले उपमहागनरको अवधारणालाई सहयोग पुग्ने कलेजका अध्यक्ष सालिकराम राईको भनाई छ । उनले नेपालमा धेरै भाषाहरु बोलिने गरेपनि कलेजले आफ्नो स्रोत साधनलाई ध्यान दिएर तीन भाषा मात्र सहायक विषयको रुपमा पठनपाठन गर्न लागिएको बताए ।

‘हामीले जहिले पनि जीवन उपयोगी शिक्षामा जोड दिएका छौं, नेशनल एकेडेमी पढ्ने विधार्थीहरु समाज, समुदाय, र बजारमा स्थापित हुन सजिलो हुन्छ,’ उनले भने, ‘विद्यार्थी र अविभावकहरुलाई कुनै कलेज भर्ना गर्नु अगाडि कलेजको बारेमा राम्ररी बुझ्न आग्रह गर्छु ।’

( तस्वीरः क्लिक धरानबाट)

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;