आदिवासी रंगशाला स्मृति प्रतिष्ठानले बुझायो प्रधानमन्त्री देउवालाई मागपत्र

 लिम्बुवान न्युज
                       

दमक, ७ साउन । झापाको कमल ५, लखनपुरस्थित निर्माणधिन आदिवासी रंगशाला बनाउने संस्थागत संगठन आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटघाट गरेको छ ।

प्रतिष्ठान समिति सहित पाँच दलीय गठबन्धनको टोलीले निर्माणाधीन रंगशालाको भोगाधिकार तथा वजेट विनीयोजन गर्न माग राख्दै प्रधानमन्त्रीसहित अर्थमन्त्री जनादर्न शर्मालाई भेट गरि माग पत्र बुझाईएको प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईले बताए ।

भेटका क्रममा प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माले आदिवासी रंगशालाको योजना पूरा गराउन सरकारले सहयोग पुरयाउने आश्वासन दिएको डेलिकेसनमा सहभागी प्रतिष्ठानका महासचिव दिपेनवाला राईले बताए ।

प्रधानमन्त्री निवास बालुवाटार भेटघाट टोलीमा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री केशव कुमार बुढाथोकी, कांग्रेस झापाका सभापति उद्धव थापा, कांग्रेसकी संघीय सांसद महेन्द्रकुमारी सुब्बा, माओवादी केन्द्रका १ नम्बर प्रदेशका सदस्य झलकसिं दर्लामी, प्रदेश कमिटी सदस्य गगन पुरी, जनता समाजवादी पार्टी नेपालका नेता खगेन्द्र माखिम, जसपा झापा जिल्ला अध्यक्ष राई, संघीय लिम्बुवान मञ्च, नेपालका उपाध्यक्ष विशेन्द्र चेम्जोङ् लगायतका दलीय प्रतिनिधि तथा प्रतिष्ठानका पदाधिकारीहरुको सहभागिता रहेको थियो । दुई दिन अघि प्रतिष्ठानको दलीय टोली प्रधानमन्त्री र अर्थमन्त्रीसंग भेट गर्न काठमाण्डौ गएको थियो ।

लामो समयदेखि निर्माणाधिन रंगशाला नाममा विवाद झिकेर तत्कालीन नेकपा ओली सरकारले बजेट रोकेको थियो । प्रतिष्ठानलाई वाईपास गरेर एक समिति बनाई मदनभण्डारी रंगशाला बनाउने तर्फ ओली सरकार लागेपछि रंगशाला निर्माण विवादमा आएको थियो । सरकारपरिवर्तनसँगै पुनः निर्माणको लागि प्रतिष्ठान लगायत राजनीतिकदलहरु एकजुट भएको प्रतिष्ठान अध्यक्ष राईले बताए ।

करिब एक हजार आफ्ना पुर्खाहरुको चिहान भत्काएर बनाईने भनिएको रंगशाला आदिवासी नामै मात्र बन्न दिने भनेर आदिवासी जनजाति महासंघ, संघीय लिम्बुवान मञ्च, नेपाल लगायत सरोकारवालाहरुले पटकपटक आन्दोलन गरेका थिए ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...