कोरोना संक्रमणबाट झापामा पाँचको निधन, २२३ जना कोरोना संक्रमण पुष्टि

 लिम्बुवान न्युज
                       

दमक, ९ साउन । झापामा आज थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोडकी ५९ वर्षिया महिला र ६० वर्षिय पुरुष, दमककी ३० बर्षिया महिला, गौरीगञ्जका २४ बर्षिय पुरुष र इलामका ८७ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा झापामा एकै साथ पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ४२५ जना पुगेको छ ।

यसैगरी आज दमकका ४६ सहित झापाका २२३ जनालाई संक्रमण पुष्टि भएको छ । दमकमा संक्रमित थपिएकामा १८ पुरुष , २८ महिला रहेका छन् । जिल्लामा भने १३४ महिला र ८९ जना पुरुषलाई संक्रमण देखिएको हो ।

योसँगै झापामा कूल संक्रमितको सँख्या २० हजार ४९२ पुगेको छ । त्यसमध्ये १४ हजार ५८१ जना डिस्चार्ज भएका छन् । जिल्लामा २७९२ जना सक्रिय संक्रमितहरु विभिन्न आइसोलेसनमा उपचाररत रहेका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...