दमकमा सोमबारदेखि एकसाता कर्फ्यू जस्तै निषेधाज्ञा हुने

 लिम्बुवान न्युज
                       

दमक, ९ साउन/ झापाको दमकमा कोरोनाको बढ्दो संक्रमण नियन्त्रण गर्ने भन्दै सोमबार विहानबाट कर्फ्यु जस्तै पूर्ण निषेधाज्ञा गरिने भएको छ । शनिबार दमक नगरपालिकामा बसेको सर्वपक्षिय भेलाले सो निर्णय गरेको हो ।

शनिबार भएको सर्वपक्षीय भेलामा राजनीतिक दलका नगरप्रमुखहरु, दमक उद्योग बाणिज्य संघ र वित्तिय सरोकारवाला र स्वास्थ्य विभागकाहरुसंग दमक नगरपालिकाले गरेको छलफलमा सहभागिहरुले विगतजस्तो फितलो र नाममात्रको निषेधाज्ञाको औचित्य नरहेको भन्दै कडा निषेधाज्ञा लगाउन माग गरेका थिए ।

नेकपा एमालेका दमक नगरका कार्यवाहक अध्यक्ष लोकबहादुर अधिकारी, नेपाली काँग्रेस नगर सभापति रोशन विष्ट, माओबादी केन्द्रका नगर सचिव शंकर बस्नेत, जसपा नगर अध्यक्ष खेम दाहाल, संघीय लिम्बुवान मञ्च, नेपाल लगायतले पुर्ण लकडाउनलाई शत प्रतिशत समर्थन गर्ने जनाउदै नगरपालिकालाई कठोर भएर निषेधाज्ञा लगाउन सुझाव दिएका थिए ।

त्यसैगरी दमक उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष गोपाल गुरागाँईले बिगतजस्तो निषेधाज्ञाको कुनै औचित्य नरहेको भन्दै चेनब्रेकका लागि सबै क्षेत्र ठप्प पार्ने गरी लकडाउन भए आफुहरुको समर्थन रहने बताए ।

आम्दा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.प्रकाश शर्माले दमकमा पछिल्लो समयमा कोरोना संक्रमणदर बढेको र अस्पतालले धान्न नसक्ने अवस्था आउन लागेको जनाउदै तत्काल संक्रमण रोकथामका लागि आवश्यकीय कदम नचाले यसले थप खतरा आउनसक्ने तर्फ सचेत गराएका थिए ।

अत्यआवश्यकीय सेवा अन्र्तगत अस्पतालहरुको ओपिडि बन्द गरेर ईमरजेन्सि सेवामात्र, औषधि पसल, नगरपालिकाको दमकल सेवा र सूचना शाखामात्र सञ्चालनमा आउने जनाईएको छ । हिडडुलमा पनि पुर्ण प्रतिबन्ध लगाउने र अत्यआवश्यकीय भनेर जथाभावी हिड्ने कार्य पनि रोक्ने निर्णय भएको नगर प्रमुख रोमनाथ ओलीले बताए । सम्पूर्णं ब्यवसाय, उद्योगधन्दा एवं कारखाना, यातायात लगायत सबै प्रकारका पसलहरु एकसाताका लागि पुर्ण बन्द गरिने पनि जनाईएको छ ।

अनुमति बेगर हिडडुल गर्ने, पसल तथा ब्यवसाय खोल्ने, सवारी साधन चलाउने तथा कुनै पनि प्रकारकाले निषेधाज्ञा पालना नगरेमा पक्राउ गरेर सोझै जिल्ला प्रशासन कार्यालय झापा पठाएर आवश्यक कार्वाही गराउने सर्वपक्षिय निर्णय भएको पनि नगर प्रमुख ओलीको भनाई छ ।

घरमै पसल रहेकाहरुले विगतमा चलाखी गरेर ब्यापार ब्यवसाय चालु राखेपनि यो निषेधाज्ञामा अब यस्तो हुन नदिने समेत सो छलफलमा बताईएको थियो ।

नगर उपप्रमुख गीता अधिकारीले दमक नगरपालिकाले नगरपालिकाले केही गरेन भनेर धेरै जनगुनासो आएको हुँदा अब जारी हुने निषेधाज्ञालाई पुर्ण रुपमा पालना गर्न अनुरोध गरेकीछन् । उनले यसलाई पुर्ण पालना गराउन सबै सरोकारवालाहरु एकजुट भई लाग्नु पर्ने बताइन् ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...