पाँचथरका दुई परिवारलाई समाजद्वारा सहयोग प्रदान

 लिम्बुवान न्युज
                       

 

रकम हस्तान्तरण गर्दै संयाेजक लावाहाङ चेम्जाेङ्

फाल्गुनन्द। पाँचथरको फाल्गुनन्द गाउँपालिकाका दुई परिवारलार्य फाल्गुनन्द एकता समाज मलेसियाले सहयोग रकम हस्तान्तरण गरेको छ ।

शुक्रबार रुखले किचेर करङ भाँचिएकी फाल्गुनन्द २ का देउमान नेम्बाङकी श्रीमती मञ्जु नेम्बाङलाई ३९ हजार १५० रुपैयाँ रकम समाजको नेपाल संयोजक लावाहाङ चेम्जोङ्ले प्रदान गरेका छन् ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा सत्यहाङमा माबिका प्र.अ रामभक्ति नेम्बाङ्, स्थानिय भगिराज चेम्जोङ र गोल्डेन टेलिभिजनका अनुप लिम्बुको उपस्थितिमा हस्तान्तरण गरिएको संयोजक चेम्जोङ्ले बताए ।

यस्तैगरी प्रवास मलेसियामा रहेका मिक्सेन चेम्जोङ् र इजरायलमा रहेकी दिपा लावतीको विशेष पहलमा पाठेघर र खुट्टाको समस्याका कारण मृत्यु भएकी मनकुमारी चेम्जोङ नेम्बाङकी श्रीमानलाई ८८ हजार रुपैयाँ रकम प्रदान गरिएको छ ।

समाजका नेपाल संयोजक चेम्जोङ, रुकेन्द्र चेम्जोङ र वडा सदस्य चन्द्र कुमारी नेम्बाङबाट संयुक्त रुपमा रकम हस्तान्तरण गरिएको हो ।

संघीय लिम्बुवान मञ्च, नेपालका प्रान्तीय सचिव समेत रहेका चेम्जोङ् कोरोनाको दोस्रो भेरियन्टबाट संक्रिमित पनि हुन् । उनी केही समय देखि फाल्गुनन्द एकता समाजका नेपाल संयोजक समेत भएर काम गरिरहेका छन् ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...