कमल २ मा लिम्बुवान मञ्च गठन

 लिम्बुवान न्युज
                       

केर्खाबजार, ११ साउन। संघीय लिम्बुवान मञ्च, नेपाल कमल गाउँपालिकाको २ नम्बर वडा कमिटी गठन भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङको प्रमुख आतिथ्यतामा रमेश खड्काको अध्यक्षतामा वडाकमिटी गठन भएको हो ।

सोमबार तोपगाछी समयगढमा भएको वडा गठन कार्यक्रममा प्रथम उपाध्यक्ष चित्र बहादुर गुरुङ –आशिष), उपाध्यक्ष मिनकुमार कार्की, सचिव तिर्थ पोमु, सहसचिव सहवीर राई, अर्थसचिव चन्द्रकला राई, सह–अर्थसचिव हरि श्रेष्ठ, सदस्यहरुमा दिपक भण्डारी, गंगा राई, बासु भण्डारी, कुमार चम्लागाई, देउकुमार आङदेम्बे, सुनिता राई, विजुलीप्रसाद राई रहनु भएको छ । त्यसैगरी सल्लाहकारमा जंगबहादुर कुरुम्बाङ् चयन भएका छन् ।

आजकै उक्त गठन कार्यक्रममा लिम्बुवान भोलेन्टियर्सको सिनियर कमाण्डरमा जितेन राई र प्राइमरी कमाण्डरमा तेज बहादुर राई निर्वाचित भएका छन् ।

कार्यक्रममा मञ्चका उपमहासचिव दिलकुमार लावती, केन्द्रीय सदस्यहरु साजन मोते, सुर्य योक्पाङ्देन, इलाम जिल्ला अध्यक्ष दिपक योङ्हाङ्, लिम्बुवान भोलेन्टियर्स केन्द्रीय उपकमाण्डर बसन्तराज योङहाङ, झापा जिल्ला सदस्य नरेन्द्र लावती लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम कमल गाउँपालिकाका अध्यक्ष अमर मावोको अध्यक्षतमा भएको थियो ।

 

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...