जसपाद्वारा तीन प्रदेश सांसद निष्कासित

 लिम्बुवान न्युज
                       

 

काठमाडौं, १२ साउन।  लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको भन्दै जनता समाजवादी पार्टी, नेपालका तीन प्रदेश सांसदलाई पार्टीबाट निष्कासित गरेको छ । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी सांसदहरुलाई मंगलबार बालकुमारीमा बसेको केन्द्रीय समिति बैठकले निष्कासित गर्ने निर्णय गरेको हो ।

जसपाद्वारा निष्कासित हुने सांसदहरुमा विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सन्तोष पाण्डे रहेका छन् । उनीहरुलाई निस्कासित गरेसँगै प्रदेश सांसद पद रिक्त राखिदिनका लागि जसपाले त्यहाँका प्रदेश सभामुखलाई पत्र लेख्ने निर्णय पनि लिएको छ ।

जसपाको निर्णयानुसार उनीहरुको सांसद पद रिक्त भएमा अबको ६ महिना मात्रै मन्त्रीका रुपमा रहन सक्नेछन् । जसपाको यो निर्णयले लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई भने समस्या हुने देखिएको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;