सामाजिक मञ्चद्वारा एनआरएनए साउँदीको आठौं महाधिवेशन प्रति गम्भीर ध्यानाकर्षण

 लिम्बुवान न्युज
                       

साउदीअरब । संघीय लिम्बुवान सामाजिक मञ्च साउदी अरबले गैर आवासीय नेपाली संघ, राष्ट्रिय परिषद (एनआरएनए) साउदीको आठौं महाधिवेशन प्रति गम्भीर ध्यानाकर्षण गरेको छ ।

एनआरएनए साउदीको आठौं महाधिवेशन प्रति हाम्रो गम्भीर ध्यानाकर्षण गर्दै लिम्बुवान सामाजिक मञ्च साउदीले विज्ञप्ति जारी गरेको हो । सामाजिक मञ्च संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रवास समिति हो ।

साउदीमा रहेका विभिन्न वैचारिक, राजनीतिक, सामाजिक र भातृ संघसंस्था लगायत साउदीमा रहेका गैर आवासीय नेपाली नागरिकहरुको चेतावनी सहितको असन्तुष्टी पोख्दा पनि एनआरएनएले महाधिवेशन गर्न लागेकाले ध्यानाकर्षण गरेका हुन् । मंचले अधिवेशन हुँदै गर्दा कुनै लज्जास्पद व्यवहार नहोस् र अप्रिय घट्ना नघटोस भन्ने अपेक्षा सहित सरोकारवाला सम्बन्धित सबै पक्षमा सबैका असन्तुष्टि र गुनासाहरुलाई सम्बोधन गरेर लोकतान्त्रिक मुल्यमान्यता अनुसार अधिवेशन गर्न मञ्चले विज्ञप्ति मार्फत सचेत गरेको छ ।

गैर आवासीय नेपाली संघ, मुगलानमा रहेका वैचारिक , सामाजिक र मातृ संघ संस्था लगायत निरपेक्ष रहेका हरेक नेपाली नागरिकहरुको एक निरपेक्ष छाता संस्था हो भन्ने हाम्रो बुझाइ र मान्यता रहेको छ । यस साझा संस्थाको अभिन्न क्षेत्र हाम्रा साना त्रुटि र अहम्ताहरुले अन्तर्राष्ट्रिय स्तरमा हाम्रो गोर्खाली विरविरंगनाहरुको भद्दा मजाक हुनेगरि र साख गिर्नेगरि हुँदै आएको लज्जास्पद व्यवहारहरु यस साउदि अरबमा नहोस भन्ने लाख प्राथना सहित सम्बन्धित सबै पक्षमा ध्यानकर्षण गराउद छौं । –मंचको विज्ञप्तिमा उल्लेख छ ।

मञ्चका कार्यबाहक अध्यक्ष बसन्त चेन्जी माबोद्वारा हस्ताक्षरित विज्ञप्तिमा हाम्रा अनुरोध र सुझावहरुलाइ नजर–अन्दाज गरेर अप्रत्याशित कदम चालेर प्रतिसोध दाज्न खोजे त्यसबाट निम्तने सबै प्रकारका घट्नाहरुको जिम्मेवार सम्बन्धित समिति र आयोजक हुनु पर्ने स्पष्ट गरेकोछ ।

विज्ञप्तीः

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...