सामाजिक मञ्चद्वारा एनआरएनए साउँदीको आठौं महाधिवेशन प्रति गम्भीर ध्यानाकर्षण

 लिम्बुवान न्युज
                       

साउदीअरब । संघीय लिम्बुवान सामाजिक मञ्च साउदी अरबले गैर आवासीय नेपाली संघ, राष्ट्रिय परिषद (एनआरएनए) साउदीको आठौं महाधिवेशन प्रति गम्भीर ध्यानाकर्षण गरेको छ ।

एनआरएनए साउदीको आठौं महाधिवेशन प्रति हाम्रो गम्भीर ध्यानाकर्षण गर्दै लिम्बुवान सामाजिक मञ्च साउदीले विज्ञप्ति जारी गरेको हो । सामाजिक मञ्च संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रवास समिति हो ।

साउदीमा रहेका विभिन्न वैचारिक, राजनीतिक, सामाजिक र भातृ संघसंस्था लगायत साउदीमा रहेका गैर आवासीय नेपाली नागरिकहरुको चेतावनी सहितको असन्तुष्टी पोख्दा पनि एनआरएनएले महाधिवेशन गर्न लागेकाले ध्यानाकर्षण गरेका हुन् । मंचले अधिवेशन हुँदै गर्दा कुनै लज्जास्पद व्यवहार नहोस् र अप्रिय घट्ना नघटोस भन्ने अपेक्षा सहित सरोकारवाला सम्बन्धित सबै पक्षमा सबैका असन्तुष्टि र गुनासाहरुलाई सम्बोधन गरेर लोकतान्त्रिक मुल्यमान्यता अनुसार अधिवेशन गर्न मञ्चले विज्ञप्ति मार्फत सचेत गरेको छ ।

गैर आवासीय नेपाली संघ, मुगलानमा रहेका वैचारिक , सामाजिक र मातृ संघ संस्था लगायत निरपेक्ष रहेका हरेक नेपाली नागरिकहरुको एक निरपेक्ष छाता संस्था हो भन्ने हाम्रो बुझाइ र मान्यता रहेको छ । यस साझा संस्थाको अभिन्न क्षेत्र हाम्रा साना त्रुटि र अहम्ताहरुले अन्तर्राष्ट्रिय स्तरमा हाम्रो गोर्खाली विरविरंगनाहरुको भद्दा मजाक हुनेगरि र साख गिर्नेगरि हुँदै आएको लज्जास्पद व्यवहारहरु यस साउदि अरबमा नहोस भन्ने लाख प्राथना सहित सम्बन्धित सबै पक्षमा ध्यानकर्षण गराउद छौं । –मंचको विज्ञप्तिमा उल्लेख छ ।

मञ्चका कार्यबाहक अध्यक्ष बसन्त चेन्जी माबोद्वारा हस्ताक्षरित विज्ञप्तिमा हाम्रा अनुरोध र सुझावहरुलाइ नजर–अन्दाज गरेर अप्रत्याशित कदम चालेर प्रतिसोध दाज्न खोजे त्यसबाट निम्तने सबै प्रकारका घट्नाहरुको जिम्मेवार सम्बन्धित समिति र आयोजक हुनु पर्ने स्पष्ट गरेकोछ ।

विज्ञप्तीः

सम्बन्धित समाचार

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...

आइएलओ महासन्धि नं. १६९ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र हो”ललितराष्ट्रपति पौडेल

ललितपुर, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तरराष्ट्रिय महासन्धि ‘आइएलओ महासन्धि नं. १६९’ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताएका छन् । अगष्ट ९ (साउन २४)गते ३२औं विश्व आदिवासी...

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...