जसपाले संसदीय दलको नेता शनिबार छान्दै

 लिम्बुवान न्युज
                       

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल(जसपा)ले साउन १६ गते शनिबार पार्टीको संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको छ । बिहीबार सम्पन्न पार्टीको तीन दिने केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको हो ।

शनिबार निर्वाचनको मिति तोकिए पनि पार्टीभित्र हालसम्म संसदीय दलको नेताका लागि आकांक्षीहरु भने देखिएका छैनन् । सकेसम्म सहमतिमा नेता छान्ने, नभएमा निर्वाचनमा जाने निर्णय भएको जसपा केन्द्रीय स्रोतले जनाएको छ ।

प्रतिनिधि सभा (सङ्घीय संसद्)मा जसपाका कुल ३४ सांसद रहेकामा २ जना निलम्बित छन् । बाँकी ३२ मध्ये पनि १० जना महन्थ ठाकुर समूहमा गएका छन् । अब जसपाले बाँकी रहेका २२ जना सांसदहरु मध्येबाट संसदीय दलको नेता चयन गर्नेछ ।

यसअघि नै बैठकले संसदीय दलको विधान पारित गरेको थियो । स्रोतका अनुसार देउवा सरकारमा उपप्रधानमन्त्रीसहित जिम्मेवारी पाएको अवस्थामा जसपा अध्यक्ष उपेन्द्र यादवको नेताका रूपमा सरकारमा जाने सम्भावना रहेको स्रोतको भनाइ छ ।

तीन दिने बैठकले केही नेताहरुको कार्य विभाजनसमेत गरेको बताइएको छ । पार्टीभित्र परेका उजुरीहरूको छानविन गर्न नवराज सुवेदीलाई जिम्मेवारी तोकिएको छ । त्यस्तै केन्द्रीय अनुशासन समितिको संयोजकको जिम्मेवारी नरसिंह चौधरीलाई दिइएको छ । यसअघि सो समितिमा लक्ष्मणलाल कर्ण संयोजक थिए । हाल उनी महन्थ ठाकुर पक्षमा गएका छन् ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;