टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको क्वार्टरफाइनल ड्र प्रकाशित

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। जापानको टोकियोमा जारी ओलम्पिक खेलकुद अन्तर्गत पुरुष फुटबलको क्वार्टरफाइनलको ड्र प्रकाशित भएको छ । आयोजकले सेमीफाइनल प्रवेशका लागि ड्र घोषणा गरेको हो ।

समूह चरणका खेल सकिएपछि अन्तिम आठको समीकरण पुरा भएको छ । अब प्रतियोगितामा अन्तिम आठबाट क्वार्टरफाइनल खेलबाट सेमीफाइनल र फाइनल खेल बाँकी छन् ।

अन्तिम आठमा समूह ए बाट जापान विजेता र मेक्सिको उपविजेता बनेका छन्, समूह बि बाट साउथ कोरिया विजेता, न्यूजिल्याण्ड उपविजेता बनेका छन्, समूह सीबाट स्पेन समूह विजेता र इजिप्ट उपविजेता बनेका छन् । त्यसैगरी समूह डीबाट ब्राजिल विजेता र आइभरी कोष्ट उपविजेताको रुपमा क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

उपाधी दाबेदार दुई टिम फ्रान्स र अर्जेन्टिना भने समूह चरणबाटै आउट भएका छन् । अन्तिम खेलमा स्पेनसँग बराबरीमा रोकिएको अर्जेन्टिना गोलअन्तरमा पछि पर्दै आउट भएका छन् ।

आयोजकले सार्वजनिक गरेको ड्र अनुसार क्वार्टरफाइनल खेलमा आयोजक जापनले न्युजिल्याण्डको सामना गर्नेछ भने स्पेनको विरुद्ध आइभरी कोष्ट, ब्राजिलको विरुद्ध इजिप्ट र साउथ कोरियाको विरुद्ध मेक्सिको बिच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;