मृगौला पिढीत मगरलाई दक्षिण कोरियाबाट १ लाख आर्थिक सहयोग

 लिम्बुवान न्युज
                       

पाँचथर। दुवै मृगौला फेल भई उपचार गराईरहेकी पाँचथर फालेलुङ ५ की शान्तिमाया ग्याङ्मी मगरलाई आर्थिक सहयोग प्रदान गरिएको छ । रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका नेपालीहरुले उपचारमा सहयोग पुगोस् भनी १ लाख रुपैयाँ रकम सहयोग गरेका हुन् ।

फिदिममा एक कार्यक्रम गरी पिढीत मगरका छोरा दिपेश मगरलाई नेपालका लागि संयोजक कविता चोङबाङले रकम हस्तान्तरण गरेकी छिन् । पिढीत महिलाको झापाको विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचार भईरहेको छ । विरामीको डाइलोसिस गर्ने अहिले प्रत्येक दिन ५ हजार रुपैयाँ लाग्ने छोरा दिपेशले बताए ।

उक्त रकम पाँचथर याङवरक ३ का मनिकुमार सेलिङको संयोजकत्वमा हाल दक्षिण कोरियामा कार्यरत मनकारीहरुबाट आर्थिक सहयोग रकम उठाईएको नेपालकी संयोजक चोङवाङले वताइन् ।

कोरियाबाट आर्थिक सहयोग गर्नुहुने मनकारीहरु संयोजक लिम्बु सहित सन लिम्बु, सन्तोष सेर्मा, देवेन लिम्बु, दिनेश लिम्बु, खेमराज लिम्बु, राज नेम्बाङ, मनकुमार मोक्तान, अनिल थाम्सुहाङ, तिलक लावती, जनिल लिम्बु, आत्मा पुरुष र सन्जय क्षेत्री रहेका छन् ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;