दमकमा खोप कार्यक्रम स्थगन

 लिम्बुवान न्युज
                       

दमक,१५ साउन ।  भोलि शनिवारसम्म सञ्चालन हुने भनिएको कोभिड १९ विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । दमकमा कोरोना खोपको प्राप्त भायल सकिएपछि खोप कार्यक्रम स्थगित गरिएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाले जनाए अनुसार शनिवार सार्वजनिक यातायातका चालक, सहचालक, शिक्षक लगायत सरकारले अग्रभागमा खटिने भनेर तोकिएका ब्यक्तिहरुलाई कोरोनाको खोप लगाउने पूर्व निर्धारित कार्यक्रम रहेको भएपनि खोप नभएकाले हाललाई खोप सेवा स्थगन गरिएको नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत यज्ञराज निरौलाले जनाएका छन् ।

दमकमा लक्षित समूहलाई ६४०० भायल भेरोसिल उपलव्ध भएको थियो । तर खोप शुरु गरिएको तीन दिनमानै सवै खोप सकिएको र आउन साथ लक्षित समुदायलाई खोप लगाईने उनले जनाएका छन् ।

जसअन्तर्गत दमक १ मा ६४४, वडा न २ मा ८४०, वडा न. ३ मा ७२२ ,वडा न. ४ मा ८९६ ,वडा न ५ मा ३६८,वडा न. ६ मा ५००,वडा न. ७ मा ५७६, वडा न. ८ मा ७०८, वडा न.९ मा ४६६ र वडा न. १० मा ६४० जनालाई खोप लगाईएको उल्लेख छ । खोप लगाएकामा पुरुष भन्दा महिलाको संख्या धेरै रहेको जनाइएको छ । जसमा महिलाको संख्या ३००५ छ भने पुरुषको संख्या २७३५ रहेको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...