३३ किलो सुनकाण्डका एक फरार व्यक्ति पक्राउ

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । लामो समय चर्चामा रहेको ३३ किलो सुनकाण्डमा मुछिएका एकजना फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । झापाको गौरादह ८ स्थायी घर भएका भोजे मामा भनिने भोजराज भण्डारीलाई शुक्रबार काठमाडौंको गौशालाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका भण्डारीमाथि ३३ किलो सुनकाण्डबारे अनुसन्धान अघि बढाइने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई गोरे सुनकाण्डको एक आरोपी भनि प्रहरीले फरार सुचीमा राखेको थियो ।

२०७४ फागुन ९ गते दुबईबाट तस्करी भएको साढे ३३ किलो सुन गायब भएको थियो । त्यसबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन भएको थियो । यस घटनामा भरियाको भूमिका खेलेका सनम शाक्यको हत्या भएको थियो । शाक्यको हत्या पछि ३३ किलो सुनकाण्डले चर्चा पएको थियो ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;