संघीय मञ्चका बरिष्ठ सल्लाहकार लिम्बुको निधन

 लिम्बुवान न्युज
                       

मेजर श्रवण कुमार सेलिङ् लिम्बु

विजयपुर, १६ साउन ।  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बरिष्ठ सल्लाहकार मेजर श्रवण कुमार सेलिङ् लिम्बुको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमण भएपछि उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा ८३ बर्षको उमेरमा निधन भएको हो ।

ब्रिटिस गोरखा सेनामा गोरखा कमिसनर अफिसर तहमा पुगेर मेजर पदमा निवृत भएका लिम्बु लामो समयदेखि परिवारसहित धरानमा बस्दै आएका थिए । सेनाबाट अवकाश भएलगत्तै उनले जातीय मुक्तिको आन्दोलनमा लाग्ने विचार गर्दै राष्ट्रिय जनमुक्ति पार्र्टीबाट सक्रिय राजनीति सुरु गरेका थिए । धरानका समाजसेवीको रुपमा नाम कमाएका लिम्बु जनमुक्ति पार्टीको सहअध्यक्षसम्म भएका थिए । उनी धरानमा पुराना समाजसेवी एवम् राजनीतिकर्मीको रुपमा चिनिएका व्यक्ति हुन् ।

जातीय पहिचानको राजनीतिबाट नथाकेका लिम्बु लिम्बुवान सहितको पहिचानमा आधारित १०+१ प्रान्त बने मात्र नेपालको संघीयताले पूर्णता पाउने बताउँदै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा प्रवेश गरेका थिए । जनमुक्तिका उपाध्यक्ष तथा लिम्बुवान समितिका अध्यक्ष चन्द्र खापुङकाे नेतृत्वमा मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालमा करिब पाँच दर्जनभन्दा बढी भूपु गोरखा सैनिकहरु प्रवेश गरेका थिए ।

लामो समयसँगै एउटै पार्टीमा सहकार्य गरेका मञ्चका उपाध्यक्ष चन्द्र खापुङका अनुसार लिम्बुको निधनले एक कुशल नेतृत्व एवम् अभिभावक गुमेकाे बताए । यो उमेरमा पनि राजनीतिक उर्जा दिई रहनु हुने लिम्बुको जातीय मुक्तिको आन्दोलनमा महत्वपूर्ण योगदान रहेको थियो खापुङ् थप्छन् – लिम्बु सरल, शाान्त र शालीन स्वभावका व्यक्तित्व थिए ।

मेजर लिम्बु धरानको डिपो माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष समेत थिए । उनी स्कूलको सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष हुन् । ‘वन डे वन पे’ अवधारणाअन्र्तगत लाहुरे समुदायको विशेष सक्रियातामा विद्यालय स्थापना भएको थियो । उनी कियाचु धरान सुनसरीका सल्लाहकार समेत थिए । त्यसैगरी दर्जन बढी संघसंस्थामा आबद्ध मेजर पल्टनमा रहँदा उनी ब्रिगेड अफ गोर्खाजबाट प्रकाशित हुने पर्वते पत्रिकाका प्रधान सम्पादक समेत थिए ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...