जसपा संसदीय दलको नेतामा चुनिए अध्यक्ष यादव

 लिम्बुवान न्युज
                       

फाइल तस्वीरः

काठमाडौं, १६ साउन। जनता समाजवादी पार्टी, नेपाल (जसपा)को संसदीय दलका नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो ।

आज बसेको बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गरेका थिए भने महेन्द्र राय यादवले समर्थन गरेका छन् ।

तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकता भई जनता समाजवादी पार्टी बनेपछि संसदीय दलको नेता चयन हुन सकेको थिएन । जसपामा विवाद बढेका बेला महन्थ ठाकुर पक्षले बहुमत सांसदको समर्थन जुटाएर राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको घोषणा गरेको थियो ।

विवाद भईरहेको अवस्थामा पार्टी नै फुटको संघारमा पुगेको अवस्थामा निर्वाचन आयोगबाट यादव पक्षले आधिकारिकता पाएपछि जसपाले फेरि संसदीय दलको नेता चयन गरेको हो ।

संसदीय दलको नेतामा निर्वाचित यादव जसपाको अध्यक्ष समेत हुन् । डा. बाबुराम भट्टराई पार्टीको संघीय परिषद् अध्यक्ष छन् । निर्वाचन आयोगले अर्का अध्यक्ष महन्थ ठाकुरलाई बर्खास्त गरेपछि सो पद भने रिक्त रहेको छ ।

जसपाको संसदीय दलको नेता छान्ने बैठकमा यादव समूहमा खुलेका २१ जना सांसदहरुको उपस्थिति रहेको थियो । यस्तै संसदीय दलको विधान अनुुसार राष्ट्रिय सभाको दलको नेता भने मनोनयन गर्ने व्यवस्था छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...