दमकमा तास खेलिरहेको अवस्थामा प्रहरीद्वारा नगदसहित पक्राउ

 लिम्बुवान न्युज
                       

दमक, १६ साउन । झापाको दमक ८ स्थित एक होटलमा तास खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर तास र नगद एक लाख ६० हजार रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ । दमक ५ बस्ने बर्ष ३२ का पदम लिम्बुद्वारा संचालित होटल पेरुङ्गोबाट जुवाडेहरु पक्राउ परेका हुन् ।

होटल पेरुङगोमा जुवाजन्य खेल खेल्दै गरेको गोप्य सूचनाको आधारमा आज दिउँसो ४.४० वजे छापा मारेर होटल सञ्चालकसहित ६ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ पर्नेमा होटल सञ्चालक लिम्बू, दमक ५ का २९ बर्षिय कैलास लिम्बू, ३३ बर्षिय मोहन ढुंङगाना, दमक ६ का ३८ बर्षिय द्रोर्णचार्य कार्की, ५० बर्षिय प्रेम सुब्बा र ५० बर्षिय भिम सुब्बा रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले बताए ।

पक्राउ परेकाको साथबाट तीन बुङ तास र खालमा ओछ्याएको कपडा समेत वरामद गरी आवश्यक कानुनी कारबाहीका इलाका प्रहरी कार्यालय दमकमा राखिएको उनले बताए ।.

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...