बहुभाषिक नाटक उत्सवमा लिम्बु भाषाको नाटक ‘सिमिक्वा’ मञ्चन

,   लिम्बुवान न्युज
                       


काठमाडौं, १९ असार । काठमाडौंमा आयोजित बहुभाषिक नाटक उत्सव २०७९ मा किरात लिम्बू लोक कथा(मिथक)मा आधारित किरात लिम्बू भाषाको नाटक ‘सिमिक्वा’ मञ्चन गरिएको छ ।

गत शुक्रबार काठमाडौंको थापागाउँ स्थित कुञ्ज आरोहण गुरुकुल थिएटरमा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको उत्सवमा नाटक ‘सिमिक्वा’ मञ्चन गरिएको हो ।

करिव ४५ मिनेटको नाटक ‘सिमिक्वा’को परिकल्पना तथा निर्देशन विक्रम फागो वनेम र चेतन आंङथुपो ‘डर’ ले गरेका हुन् । यस्तै कथा संकलन शिवकुमार श्रेष्ठले गरेका हुन् भने, नाट्य रुपान्तरण सुमन लिङदेनले गरेका हुन् ।

लिम्बू सांस्कृतिक मिथक, मुन्धुम, सभ्यता र संस्कृति सौन्दर्यको खोजी गरिएको नाटकमा मिना नेम्बाङ(आम्मो), पासाङ ल्हामुु शेर्पा (छोरी), मनकुमार योङहाङ (यवा), शिखर लाम्गादे (च्याउ, चरा), सविरन राई (च्याउ, चरा), उज्वल घिमिरे (सानो चरा) लगायतले अभिनय गरेका छन् ।
नाटकमा राजकुमार आङदेम्बेको भाषा तथा भेषभूूषा, मनाङ लावतीको प्रप्स तथा लाइट डिजाइन, सन्तोष गिरीको ध्वनी, रचना लावतीको हाम्लाक्वा प्रस्तुति रहेको छ । यसैगरि प्राविधिकमा सञ्जय विश्वकर्मा, भाषा अनुवादमा डिल्ली मुसाहाङ अम्यङसा र यवा सर्दममा टंक केरुङ रहेका छन् ।

नाटक ‘सिमिक्वा’ झापाको दमकमा समेत यहि २५ गते देखि हप्तासम्म मञ्चन गर्ने निर्देशक बिक्रम फागो वनेमले बताए ।

दूई दशकपछि रंगमञ्चमा फर्किए विक्रम फागो वनेम

तीन दशक अगाडी रंग(नाट्य) क्षेत्रमा उधुम मचाएका रंगकर्मी निर्देशक बिक्रम फागो वनेम दूई दशकपछि रंगमञ्चमा कम्व्याक गरेका छन् ।
पछिलो समय म्यूजिक भिडियो निर्माण तथा निर्देशनमा व्यस्त रहेका नटक प्रेमी दर्शकहरुको ढुकडुकी वनिसकेका रंगकर्मी निर्देशक बिक्रम फागो वनेम दूई दशकपछि लिम्बू भाषामा आधारित नाटक ‘सिमिक्वा’ मार्फत रंगमञ्चमा फर्केका हुन् ।

बि.स. २०४७ बाट रङगकर्ममा(नाट्य क्षेत्रमा) प्रवेश गरेका डेढ दर्जनबढी नाटक लेखन तथा निर्देशन गरि सकेको बिक्रम फागो वनेमले लेखन तथा निर्देशन गरेको ‘कथा भित्र लुकेको बेदना’ नामक क्षेत्रीय एकाँकी नाटक (क्षेत्र न.–२, मोरङ) २०५४ प्रतियोगितामा सर्वोउत्कृष्ट भएको थियो ।
यसैगरि वनेमको अर्को ‘आँशुले मुछिएको भाईटिका’ नामक रेडियो नाटक पुर्वाञ्चल क्षेत्रीय प्रसारण देव्रेवास, धनकुटा रेडियोले (२०५५) स्व.राजा वीरेन्द्रको ५३ औं शुभ– जन्मोत्सवको सु–अवसरमा आयोजना गरेको पुर्वाञ्चल रेडियो नाटक प्रतियोगीतामा प्रस्तुत नाटक रेकर्ड गरी सर्वोउत्कृष्ट घोषणा गरेको थियो । जुन रेडियो नाटक प्रत्येक बर्षको भाईटिकाको दिन रेडियो नेपाल क्षेत्रीय प्रसारण धनकुटा र केन्द्रीय प्रसारण रेडियो नेपालले प्रसारण गर्दै आईरहेको छ ।

मोरङ पथरीशनिश्चरे ३ (साविक पथरी–८) आईतबारे, सगरमाथा टोलमा स्थायी कर्मथलोको रूपमा विशेष नाट्य क्षेत्रमा विगत तीन दशक अघि देखी रंगकर्मीको रूपमा काम गर्दै आएका फागोले सगरमाथा नाट्य परिवार संस्था खडा गरि आफ्नै नेतृत्वमा उक्त नाट्य संस्थाको ब्यानरमा नाटकहरु प्रस्तुत गर्दै आईरहेको थियो ।

वनेमले नाट्य क्षेत्रबाट मुक्त/पलायन भएपछी भने उक्त नाट्य संस्थाले कुनै गतिविधिहरु गर्न सकेनन् । अहिले निरिहिय अवस्थामा गुमनाम बनेको छ । उनको नाट्य क्षेत्रमा–२०५७ सम्म जागरुकता थियो ।

त्यसपछी यता लामो समय ब्रेक भयो । २०६१ मा माओवादीको शसस्त्र जनयुद्वको युद्वविराम भएको समयमा वनेमकैै लेखन र निर्देशनमा ‘रंगहीन गुलाफको फुल’ नामक नाटक पुनःआफ्नै गाउँको जनता उच्च माध्यमिक बिद्यालयको प्राङगणमा मञ्चन गरेको हो । उक्त नाटक एउटा माओवादी घाईते छापामार दस्ताको वियोगान्त प्रेमकथामा आधारित थियो ।

त्यसपछी २०६२/०६३ जन–आन्दोलन–२ को आन्दोलनरत आन्दोलनकर्मी रूपमा पथरी वजारको गणतन्त्र चौकमा हजारौं नागरिक आन्दोलनकर्मीको माँझ पुनःनाटक (बैसाक–८/२०६३)मा वनेमले मञ्चन गरेका थिए । २०६३ को नाटक मञ्चनपछी भने नन् स्ट्प ब्रेक लागेका विक्रम वनेम फागोले झण्डैं दुई दशकपछी कम्व्याक गरेका हुन् ।

उनले यस अघि झापा, दमकका थिएटर साथीहरुले २, ३ वटा नाटकहरुमा निर्देशन गरिदिन आग्रह गरेको तर आफू नाटक क्रिएशनबाट अघाएकोले अस्वीकार गरे पनि, निर्देशन गर्ने दोश्रो साथीको नाम सिफारिस गरि दिएको बताए ।

अहिले भने लिम्बू कलचरल (संस्कृति/मिथक)मा आधारित भएकोले जाँगर चलेको साथै चुलाचुली रंगमञ्चका कलाकार भाईहरुको विशेष अनुरोध र आग्रहलाई स्वीकार गरी पुनःनाटय क्षेत्रमा पुनारागमन गरेको वनेमले बताए । (तस्वीरः माङसेबुङ अनलाइनबाट)

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;