जसपाका तीन मन्त्री फेरिए, राजेन्द्र श्रेष्ठ भने यथावत

 लिम्बुवान न्युज
                       


जनता समाजवादी पार्टी(जसपा)ले तीन मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाएको छ । मन्त्री राजेन्द्र श्रेष्ठ यथावत रहेका छन् ।
सोमबार मन्त्रीहरु महेन्द्र राय यादव, रेणु यादव र रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएको छ भने आजै मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, मोहमद इस्तियाक राईलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रदीप यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा पठाएको हो ।
जसपाले सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयको जिम्मेवारीमा रहेका राजेन्द्र श्रेष्ठलाई भने सोही मन्त्रालयमा यथावत राखेको छ ।
सोमबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा मन्त्रिपषिद्को नयाँ रोष्टरमा जसपाबाट पठाइएका नयाँ तीन मन्त्रीको नाम समावेश गरेको छ । उनीहरुले आजै राष्ट्रपति विद्या देवी भण्डारीबाट पद तथा गोपनीयताको सफथ लिएका छन् भने अाजै मन्त्रालयमा पुगेर पदभार समेत ग्रहण गरेका छन् ।
जसपाभित्र पार्टी अध्यक्ष उपेन्द्र यादव पक्ष र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षबीच सहमतिमै पार्टी विभाजनका लागि तयार रहेको विषय सार्वजनिक भइरहेका बेला मन्त्री हेरफेर हुनुलाई चासोका साथ हेरिएको छ ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;