टी–२० विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याइने

 लिम्बुवान न्युज
                       


काठमाडौं, २४ असार । नेपालमा पहिलो पटक टी–२० विश्वकप क्रिकेटको ट्रफी ल्याइने भएको छ । आगाी अक्टोबर १६ बाट अष्ट्रेलियामा सुरु हुने टी–२० विश्वकपको ट्रफी टुरको क्रममा काठमाडौं ल्याइने भएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)का अनुसार ट्रफी टुर आज (शुक्रबार)बाट सुरु भएको छ । विश्वकप सुरु हुनुभन्दा १०० दिन अघिबाट ट्रफीलाई विश्वको विभिन्न शहरहरुमा पु¥याउने यात्रा सुरु भएको हो ।

ट्रफी ३० अगस्टमा काठमाडौं ल्याइने आइसीसीले जनाएको छ । ट्रफी नेपालको कुन–कुन ठाउँमा पु¥याइने भन्ने बार अहिले खुलाइएको छैन । ट्रफी टुर विभिन्न १३ देशका ३५ शहरमा गरिने आइसीसीले जनाएको छ ।

नेपालसहित, फिजी, फिनल्यान्ड, जर्मनी, घाना, इन्डोनेसिया, जापान, नामिबिया, सिंगापुर र भानुआतुमा भने पहिलो पटक टी–२० विश्वकपको ट्रफी पुग्न लागेको हो ।

यस अघि २०१९ मा भएको एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको थियो ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...