टी–२० विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याइने

,   लिम्बुवान न्युज
                       


काठमाडौं, २४ असार । नेपालमा पहिलो पटक टी–२० विश्वकप क्रिकेटको ट्रफी ल्याइने भएको छ । आगाी अक्टोबर १६ बाट अष्ट्रेलियामा सुरु हुने टी–२० विश्वकपको ट्रफी टुरको क्रममा काठमाडौं ल्याइने भएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)का अनुसार ट्रफी टुर आज (शुक्रबार)बाट सुरु भएको छ । विश्वकप सुरु हुनुभन्दा १०० दिन अघिबाट ट्रफीलाई विश्वको विभिन्न शहरहरुमा पु¥याउने यात्रा सुरु भएको हो ।

ट्रफी ३० अगस्टमा काठमाडौं ल्याइने आइसीसीले जनाएको छ । ट्रफी नेपालको कुन–कुन ठाउँमा पु¥याइने भन्ने बार अहिले खुलाइएको छैन । ट्रफी टुर विभिन्न १३ देशका ३५ शहरमा गरिने आइसीसीले जनाएको छ ।

नेपालसहित, फिजी, फिनल्यान्ड, जर्मनी, घाना, इन्डोनेसिया, जापान, नामिबिया, सिंगापुर र भानुआतुमा भने पहिलो पटक टी–२० विश्वकपको ट्रफी पुग्न लागेको हो ।

यस अघि २०१९ मा भएको एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको थियो ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;