सागर केरुङकाे नाट्यकृति ‘सुनौली रुपौली’को विमोचन

 लिम्बुवान न्युज
                       


ललितपुर, २६ असार । लिम्बू संस्कारकृत सुनौली रुपौलीको विषयमा लेखिएको नाट्यकृति ‘सुनौली रुपौली’को आइतबार विमोचन भएको छ । रङ्ग तथा चलचित्रकर्मी, निर्देशक सागर केरुङ्द्वारा लिखित नाटक विमोचन गरिएको हो ।
ललितपुर तिखेदेवस्थित किरात याक्थुङ चुम्लुङको सभाहलमा भएको विमोचन कार्यक्रम किरात याक्थुङ चुम्लुङ लिसाप केन्द्रीय कार्यसमितिको आयोजनामा सम्पन्न भएको हो ।

यो नाट्यकृति केरुङको नवौँ कृतिको रुपमा प्रकाशित भएको कृति हो । केरुङ्ले यस अघि नुमाहाङ्मा, केमाबा लाजे?, सक्सा नु पेन्युक, दोश्रो नागरिक, तियाहा, पाँसीभन्ज्याङ, साक्थिम र सैमुन्द्री नाट्यकृतिहरु लेखिसकेका छन् ।
अल्पाइन युनिभर्सिटी सिक्किमका लिम्बू डिपार्टमेन्ट प्रमुख तथा लिम्बू भाषाका प्रोफेसर कर्ण सुब्बा ताम्लिङ्को प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा मुन्धुम तथा संस्कृतिविद येहाङ लावती, ऐतिहासिक ब्याक्तित्व वीर नेम्बाङ, प्राज्ञ अमर तुम्याङ र सिक्किमका कवि समल सुब्बाले नाटकमाथी टिप्पणी गरेका थिए ।
यसैगरी कार्यक्रममा किरात याक्थुङ चुम्लुङ्का संघीय अध्यक्ष प्रेम येक्तेन, पुर्व मेजर जर्णेल होमितकुमार लावती, पुर्व शस्त्र प्रहरीका डिआइजी देबेन्द्र सुब्बा, नेपाल आर्मीका कर्णेल रमा सुब्बा, डाक्टर कमल तिगेला, वरिष्ठ मनोविद डाक्टर चेतना लक्सम, चुम्लुङ महासचिव निरन्ती तुम्बापो, वरिष्ठ रङ्गकर्मी प्रकाश आङ्देम्बे, चलचित्र निर्देशक सागर सुब्बा, चलचित्र निर्देशक दिनेश लिङ्देन, चलचित्र निर्देशक लोकेन सांवा, चलचित्र निर्देशक यलम्बर खम्बु, किरात याक्थुङ चुम्लुङ नेवा; ताम्सालिङ अध्यक्ष भिम नेम्बाङ, आदिवासी जनजाति चलचित्र महासंघ बागमती उपाध्यक्ष लक्ष्मी योङ्हाङ, याक्थुङ मुन्चइत चोक सयङका केन्द्रीय सचिव दिनेश माङ्मु, चलचित्र निर्माता अगमसिङ योक्पाङ्देन, चलचित्र निर्माता कृष्णराज नेम्बाङको उपस्थिति रहेको थियो ।

यसरी नै चुम्लुङहिममा फक्ताङ्लुङ सयङ्का अध्यक्ष यादन सेर्मा, हाक्पारे पालाम सयङ अध्यक्ष रुपा आङ्बुहाङ, रेखा कवि टंक सम्बाहाम्फे, कवि टिएन थाम्सुहाङ, सुखिम फुङ्वा युमा साम्यो अध्यक्ष बिजय सुब्बा, कवि सध्या सिङ्जाङ्गो, चुम्लुङ ललितपुर अध्यक्ष राम बोखिम, चुम्लुङ काठमाडौ सचिव टेक काम्बाङ, रङ्गकर्मी अनिल सुब्बा, नवीन चौहान, चलचित्र निर्माता मणि ताम्लिङ, चुम्लुङ राष्ट्रिय सदस्य सुभराज थाम्सुहाङ, कवि शनि लिम्बू, कवि टेक लावती, कवि सन्जय सावदेन, कवि सोनिया सुब्बा, कवि लाहाङमा सुब्बा, याक्थुङ प्रज्ञा प्रतिष्ठानका प्राज्ञ इन्दु फोम्बो, गायक कुल्बा सुब्बा, किरात राई यायोक्खा ललितपुर उपाध्यक्ष सरिता राई, सोसलजिस्ट रिसर्च डेब्लोबर पिम्पा चेम्जोङ्, गायिका देशु सुहाङ, कवि सीता तुम्खेवा, गायिका मेनका लिम्बू, लेखक भिमकुमार सेलिङ, केरुङ चो?लुङ सङ्जुम्भो केन्द्रीय अध्यक्ष तेजबहादुर केरुङ, सेलिङ सयङ संयोजक खिम सेलिङ, थाकथाकु चेम्जोङ् वंश उपत्याका अध्यक्ष सुर्य बिक्रम चेम्जोङ लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।
उक्त विमोचन कार्यक्रममा यस सुनौली रुपौली नट्यकृति प्रकाशनमा आर्थिक सहयोग गनुहुने हाङ् चेम्जोङ, पुर्ण सेलिङ र भिम तुम्बाहाम्फेलाई लिम्बू साँस्कृतिक परिषदले सम्मानपत्र मार्फत सम्मानित भएका थिए ।
कियाचु लिम्बू साँस्कृतिक परिषदका अध्यक्ष गोविन्द आङ्बुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई यासेली योङ्हाङले सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...