उपेन्द्र र बाबुराम अलग–अलग बैठक बस्दैः भट्टराई पक्ष नयाँ पार्टीको नाम घोषणा गर्ने तयारीमा

 लिम्बुवान न्युज
                       


काठमाडौं, २८ असार । फुटको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र डा. बाबुराम भट्टराई पक्षले आज अलग–अलग बैठक बोलाएका छन् ।
उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक असार २९ र ३० गते पर्साको वीरगञ्जस्थित पुजन होटलमा बोलाएको छ । भोलिदेखि टाउन हलमा केन्द्रीय समितिको विस्तारित बैठक बस्ने यादव पक्षले जनाएको छ ।

बाबुराम भट्टराई पक्षकाे बैठककाे ब्यानर

भट्टराई पक्षको आज नै काठमाडौंको जडिबुटीस्थित एक ब्यांक्वेटमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । बैठक दुई दिनसम्म चल्ने बताइएको छ । बैठकमा को को नेता सहभागी छन् खुलाइएको छैन यद्यपी बैठकको ब्यानर भने सार्वजनिक भएको छ ।

यादव र भट्टराईले पार्टीबाट अलग–अलग हुने समझदारी गरिसकेका छन् । सोही समझदारी अनुसार दुई पक्षका नेताहरुले समानान्तर बैठक बोलाएका हुन् । यससँगै यादव र भट्टराई एकअर्काबाट अलग्गिएका छन् ।

अध्यक्ष उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु बैठकमा सहभागी हुन वीरगञ्ज पुगिसकेका छन् । यादव पक्षले भट्टराई पक्षको बैठक विधान विपरीत भएको भन्दै आफ्नो बैठक आधिकारिक भएको दाबी गरेको छ । केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गर्दै जसपाको विरगञ्जमा बस्ने बैठक नै आधिकारिक भएको जनाएको छ । काठमाडौंमा बस्ने भनिएको बैठक नभएको यो षडयन्त्रको एक जालो मात्र भएको बताइएको छ ।

उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन संघीय समाजवादी फोरम र बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीबीच २०७६ साल बैशाख २३ गते एकता भएको थियो ।

पार्टी एकतापछि ‘समाजवादी पार्टी’ नामकरण गरिएको थियो । २०७७ साल बैशाख १० गते राष्ट्रिय जनता पार्टीसँग पुनः एकीकरण भई ‘जनता समाजवादी पार्टी’ बनेको थियो । तर यादव र भट्टराईबीच एक–अर्काको कार्यशैली, समानुपातिक नेतृत्व प्रणाली लगायतका विषयमा मतभेद हुँदै आएको थियो ।

मतभेद उत्कर्षमा पुगेपछि शीर्ष दुई नेताहरुले सहमतिमै अलग–अलग हुने समझदारी गरेका थिए ।

 

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;