प्रदेश सरकारद्वारा १९ जनालाई सम्मान, केरुङ र आङ्थुपो युवा प्रतिभाबाट सम्मानित

 लिम्बुवान न्युज
                       


विराटनगर, २८ असार । प्रदेश १, सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयले प्रदेशका १९ जना कला, साहित्य र संस्कृतिकर्मीलाई मंगलबार सम्मान गरेको छ ।

पान्थरका युवा प्रतिभा मधुराज केरुङ र इलाम चुलाचुलीका युवा व्यक्तित्व चेतन आङ्थुपो नवोदित भाषा, साहित्य, कला र संस्कृति सम्मानबाट पुरस्कृत भएका छन् ।

बालकृष्ण पोख्रेल भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मानबाट प्रा.डा.गोविन्द तुम्बाहाङ (सुनसरी) र प्रा.डा.केआर खम्बु (झापा) लाई सम्मानित गरिएको हो । त्यस्तै प्रदेश भाषा, साहित्य, कला र संस्कृति सम्मानबाट मनु मञ्जिल (सुनसरी), गोबद्र्धन तामाङ (उदयपुर), बिजय श्रेष्ठ (इलाम), भरत गुरागाईं (मोरङ), ममता गिरी (सुनसरी), गोपाल देवान (सुनसरी), बीर बहादुर लाप्चा (इलाम), हरि कट्टेल (सोलुखुम्ब), मानसिंह थुलुङ (इलाम), महेन्द्र राई (सुनसरी), जयन्तीरमण कण्ठ (सुनसरी) र नवराज वर्तमान (भोजपुर) लाई सम्मानित गरिएको हो ।
त्यसैगरी लीला अनमोल (झापा), यसोदा कुमारी लम्साल (सुनसरी), बिमला चिमोरिया (झापा) पनि नवोदित भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मान पुरस्कारबाट सम्मानित तथा पुरस्कृत भएका हुन् । सम्मानित व्यक्तित्वहर्रुलाई प्रदेश–१, का मूख्यमन्त्री राजेन्द्र राई लगायतले सम्मान तथा पुरस्कार वितरण गरेका थिए ।

भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा पु¥याएको योगदानको आधारमा उनीहरुलाई सम्मानित तथा पुरस्कृत गरिएको प्रदेश–१, को पर्यटन तथा संस्कृति मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

;