लिम्बु भाषाको पालाम ‘साम्योक्लुङ’को छायाँकन सम्पन्न

 लिम्बुवान न्युज
                       


काठमाडौ, ३२ असार । लिम्बू भाषाको पालाम ‘साम्योक्लुङ्’ को शुक्रबार काठमाडौमा छायांकन सकिएको छ । पालामलाई युवा निर्देशक तथा गीतकार सागर केरुङ्ले निर्देशन गरेका हुन ।

काठमाडौको विभिन्न स्थलहरुमा छायांकन गरिएको पालाममा निर्देशक केरुङ्कै शब्द रहेको छ । शिवकुमार सम्बाहाम्फेको लय संकलन, कृष्ण थलङको छायांकन, सुनिता किरातीको शृङ्गार, श्याम लिम्बुको एरेन्ज रहेको छ ।

पालामलाई थोक्फेला लिङ्देन, शिवकुमार सम्बाहाम्फे, शृजना जबेगु र बिवस नेम्बाङले स्वर दिएका छन् ।

थोक्फेला लिङदेन युटुब च्यानलद्वारा सार्वजनिक हुने भिडियोमा आशिष लिङ्देन, मनमाया लिम्बु, थोक्फेला लिङ्देन, बिवस नेम्बाङ, नितु नाल्बो, जेपी नेम्बाङ, लोकमाया पालुङ्वा, तानाम्तान्छो लावती, आशा लावती, अनिश सेलिङ लिम्बू, नेहा लिम्बु र शिव सम्बाहाम्फे लगायतले अभिनय गरेका छन् ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...