लिम्बु भाषाको पालाम ‘साम्योक्लुङ’को छायाँकन सम्पन्न

 लिम्बुवान न्युज
                       


काठमाडौ, ३२ असार । लिम्बू भाषाको पालाम ‘साम्योक्लुङ्’ को शुक्रबार काठमाडौमा छायांकन सकिएको छ । पालामलाई युवा निर्देशक तथा गीतकार सागर केरुङ्ले निर्देशन गरेका हुन ।

काठमाडौको विभिन्न स्थलहरुमा छायांकन गरिएको पालाममा निर्देशक केरुङ्कै शब्द रहेको छ । शिवकुमार सम्बाहाम्फेको लय संकलन, कृष्ण थलङको छायांकन, सुनिता किरातीको शृङ्गार, श्याम लिम्बुको एरेन्ज रहेको छ ।

पालामलाई थोक्फेला लिङ्देन, शिवकुमार सम्बाहाम्फे, शृजना जबेगु र बिवस नेम्बाङले स्वर दिएका छन् ।

थोक्फेला लिङदेन युटुब च्यानलद्वारा सार्वजनिक हुने भिडियोमा आशिष लिङ्देन, मनमाया लिम्बु, थोक्फेला लिङ्देन, बिवस नेम्बाङ, नितु नाल्बो, जेपी नेम्बाङ, लोकमाया पालुङ्वा, तानाम्तान्छो लावती, आशा लावती, अनिश सेलिङ लिम्बू, नेहा लिम्बु र शिव सम्बाहाम्फे लगायतले अभिनय गरेका छन् ।

सम्बन्धित समाचार

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...

आइएलओ महासन्धि नं. १६९ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र हो”ललितराष्ट्रपति पौडेल

ललितपुर, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तरराष्ट्रिय महासन्धि ‘आइएलओ महासन्धि नं. १६९’ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताएका छन् । अगष्ट ९ (साउन २४)गते ३२औं विश्व आदिवासी...

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...