यायोक्खाद्वारा मुख्यमन्त्री कार्यालय घेराउ

 लिम्बुवान न्युज
                       


विराटनगर, २ साउन । प्रदेश १ को नामकरण किरात प्रदेश राख्न दवाव दिर्दै किरात राई यायोक्खाले विराटनगरस्थित मुख्यमन्त्री कार्यालय घेराउ गरेको छ । पहिचानको आधारमा प्रदेशको नामाकरण राख्न दवाव दिर्दै यायोक्खाले कार्यालय घेराउ गरेको हो ।

प्रदेश १ को नामाकरण गर्ने विषय पेचिलो बन्दै गइरहेको छ । प्रदेश सभाको पहिलो कार्यकाल सकिन लाग्दा पनि प्रदेशले अझै आफ्नो नाम समेत टुङ्ग्याउन सकेको छैन ।

प्रदेश १ को नाम पहिचानका आधारमा राख्न माग गर्दै दबाबका कार्यक्रमहरू आयोजना भइरहेका छन् । घेराउ कार्यक्रममा प्रदेश १ का १४ जिल्लाकै प्रतिनिधि भेला भएको आयोजकले जनाएको छ । उनीहरूले पहिचानको आधारमा प्रदेश १ को नाम किरात हुनुपर्नेमा जोड दिँदै नाराबाजी गरेका छन् । घेराउपछि मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई ज्ञापन पत्र प्रदान गरेका छन् भने प्रदेशसभा पनि घेराउ गरेका छन् ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;