विक्रमको निर्देशनमा ‘देउराली वनमा’ पुर्वेली लोक भाकाको गीतको भिडियो सार्वजनिक

,   लिम्बुवान न्युज
                       


दमक, ४ असार । रंगकर्मी तथा निर्देशक बिक्रम फागो वनेमको निर्देशनमा पुर्वेली लोक भाकामा सजिएको गीत ‘देउराली वनमा’ सार्वजनिक गरिएको छ ।

गीतकार, संगीतकार तथा गायक यादन सेर्मा नुनाम लिम्बूको शब्द, गायक तथा संगीतकार बि.बि. सेर्मा लिम्बूको संगीतमा संगीतकार स्वम र गायिका सृजना जवेगुको सुमधुर आवाजमा सजिएको पुर्वेली गीत ‘देउराली वनमा’ यादन सेर्मा लिम्बू अफिसियल युट्यूव च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो ।

दिनेश माङमु लिम्बुको कोरियोग्राफी तथा कार्यकारी निर्देशन रहेको भिडियोमा कृति मिभक लिम्बू र बि. बि. सेर्मा लिम्बूले अभिनय गरेका छन् ।

पान्थरको यासक, माङजाबुङ, वसाँगु, माझीटार, फेदेन र लब्रेकुटी लगायतका ऐतिहासिक स्थलहरुमा छयाँकन गरिएको माया प्रेम रसले भरिएको भिडियोमा सुजन श्रेष्ठ(ब्रदर्श प्रडक्सन दमक, झापा)को छायाँकन, सम्पादन तथा ड्रोन र प्रविन सेलिङ सेन्दोको सहायक छायाँकन रहेको छ ।

पदम रजान मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ रईले गरेका छन् ।

भिडियोमा ईश्वरी श्रेष्ठ(राई)(मनसुन हेयर कटिङ शैलुन दमक,झापा)को मेकअप, र अनिल थोप्रा लिम्बुको पोष्ट प्रडक्सन रहेको छ ।

(भिडियाे तल हेर्नुहाेस्ः)

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;