लिम्बुवान, किरात प्रदेश नामाकरणको माग राख्दै जिल्लाहरुमा कोणसभा सम्पन्न

 लिम्बुवान न्युज
                       


दमक, ४ असार । प्रदेश नं. १ को नाम लिम्बुुवान, किरात प्रदेश राख्नुपर्ने माग राख्दै लिम्बुुवान, किरात संयुक्त सघर्ष समितिले विभिन्न जिल्लाहरुमा कोणसभा गरेको छ ।
जिल्ला संघर्ष समिति झापाले झापाको सदरमुकाम चन्द्रगढीमा मंगलबार प्रदर्शन गरेको छ । प्रदेश नम्बर एकलाई पहिचानका आधारमा लिम्बुुवान नामाकरण गरिनुुपर्ने नत्र प्रदेशमा आन्दोलनको आधिवेहेरी ल्याइने भन्दै लिम्बुुवान क्षेत्रका नेताहरु सङघर्ष समितिका संयोजक सेसेहाङ फियाक, किरात याक्थुुङ चुुम्लुुङका सचिव इक्साहाङ चेम्जोङ, लिम्बुुवान मञ्चका उपाध्यक्ष विष्णु भट्टराई, जसपा सम्बद्ध लिम्बुवान प्रदेश समिति मुख्य सचिव केदार धिमाल, मञ्चका प्रदेश सचिव भवी तुम्सा, जसपा नेता ओम प्रकाश खापुङ, लिम्बुवान मञ्चका जिल्ला ब. उपाध्यक्ष अमित खम्बु लगायातले प्रदेशको नामाकरण गर्दा लिम्बुवान किरात राख्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी तेह्रथुमको म्याङलुङमा पनि लिम्बुवान किरात संयुक्त संघर्ष समिति तेह्रथुमले प्रदेश नम्वर १ को नाम लिम्वुवान किरात हुनुपर्ने भन्दै कोण सभा गरेको छ ।
प्रदेश न. १ को नामाकरण गर्दा लिम्वुवान, किरात नाम राख्नु पर्ने नभए प्रदेशमा आन्दोलनको थप कार्यक्रमहरु अलि शसक्त हुने संघर्ष समितिका कार्यदल सदस्य दिलकुमार लावतीले बताए । उनले विभिन्न ३२ वटा घटकहरुको समर्थ सहित बनेको समितिले नामाकरण सुनिश्चित नभएसम्म निरन्तर आन्दोलन गर्ने समेत चेतावनी दिए ।
यसैगरी कियाचु तेह्रथुम अध्यक्ष समेत रहेको सेसेहाङ लिम्बुले लिम्बुवान, किरात प्रदेश नाम नामाकरण नगरे आन्दोलन गरेर आगो वाल्ने किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष सेसेहाङ लिम्वुले बताउनुभयो । विश्वभरीका आदिवासीहरु आ–आफ्नो पुख्र्यौली भुमि र यसको नामाकरणको लागि धेरै समय अघि देखि आन्दोलन गरिरहेका छन् ।
यसै सन्दर्भमा प्रदेश नम्वर १ को नाम पनि पहिचानको आधारमा लिम्वुवान किरात हुनुपर्ने किरात याक्थुङ चुम्लुङ प्रदेश नम्वर १ का उपाध्यक्ष टंकमाया लिम्वुले बताउनुभयो ।
संघर्ष समिति तेह्रथुमले म्याङलुङको लोकतान्त्रिक चोकमा भेला भएर प्रदेश नम्वर १ को नाम लिम्वुवान किरात राख्नुपर्ने नारा लगाउदै बशपार्कमा कोणसभा गरेको थियो ।
कार्यक्रमको अवसरमा राम तुम्बाहाम्फे, टँकमायाँ लिम्बु, नारायणमान गुरुङ, घनश्याम सावांदेन, लालकुमार पयाङगु, कृण्ण कटुवाल, देविनारायण सम्बाहाम्फे, तेजमान कन्दङ्वा लगायतले प्रदेश १ को नाम लिम्बुवान किरात राख्नु पर्ने धारणा राखेका थिए ।

यसैगरी मोरङको पथरीमा पनि संघर्ष समितिले कोणसभाको आयोजनामा सम्पन्न गरेको छ । साथै पान्थर जिल्लामा कियाचू प्रदेश अध्यक्ष मधुराज केरुङ, मुख्य सचिव नरेन्द्रराज केरुङ लगायतको उपस्थितिमा कोणसभा सम्पन्न भएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...