लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको बैठक बस्दै

 लिम्बुवान न्युज
                       

उर्लाबारी, ४ साउन । विभिन्न ३२ वटा राजनीतिक दल तथा संघ संस्थाहरु संगठित भएको लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको बैठक उर्लाबारीमा बसेको छ । प्रदेश नं. १ को नामाकरणको सवालमा यतिबेला प्रदेश नं. १ मा चरणबद्ध आन्दोलनहरु घोषणा भएको छ । भर्खरै मात्र किरात राई यायोक्खाको अगुवाईमा प्रदेश नामाकरण पहिचानको आधारमा राख्न प्रदेश सरकारलाई दवाव दिदैं मुख्यमन्त्री कार्यालय घेराउ कार्यक्रम गरेको छ ।

यसैगरी करिब १ बर्ष अघि गठन भएको लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रदेश नं. १ को नाम पहिचानको आधारमा लिम्बुवान, किरात प्रदेश घोषणा गराउन दवावमूलक कार्यक्रम भोलि (साउन ५ गते) बिहीबार प्रदेशको राजधानी विराटनगरमा जनप्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । सोही कार्यक्रमको तयारी बारे बैठक बसेको कियाचू प्रदेश अध्यक्ष मधुराज केरुङले बताए ।

झापा, मोरङ र सुनसरीबाट डेढसय भन्दा धेरै बस र इलाम, पान्थर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम लगायत जिल्लाहरुबाट समेत थप जनमास कार्यक्रममा सहभागी हुने अन्तिम तयारी भएको अध्यक्ष केरुङले बताए । कार्यक्रम ट्राफिक चोक हुँदै मुख्यमन्त्री कार्यालय त्यसपछि प्रदेशसभा भवनसम्म पुगेर कोणसभा गर्ने जनाइएको छ । विहान ११ बजे नै रोडशेषमा सबै बसहरुलाई राखेर ¥याली सहित कार्यक्रम गर्ने संघर्ष समितिले जनाएको छ ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;