विराटनगरमा लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको बृहत जनप्रदर्शन

 लिम्बुवान न्युज
                       


विराटनगर, ६ साउन । प्रदेश नं. १ को नाम पहिचानको आधारमा ‘लिम्बुवान–किरात प्रदेश’ राखिनु पर्ने मागसहित विहिबार विराटनगरमा ¥याली सहिते जनप्रदर्शन गरिएको छ । प्रदेशका विभिन्न जिल्लाबाट प्रदेशको राजधानी विराटनगरमा आएका विभिन्न राजनीतिक दल, कियाचू लगायत अन्य संघसंस्थाहरुबाट आएका प्रदर्शनकारीहरुले मुख्यमन्त्री कार्यालयमा धर्ना समेत दिएका थिए ।

कियाचुको संयोजनमा बनेको ३५ घटकीय मोर्चाले प्रदेशको नाम ‘लिम्बुवान, किरात’ राख्नु पर्ने मागसहित मुख्यमन्त्री राजेन्द्रकुमार राइलार्ई ज्ञापनपत्र समेत बुझाएका थिए ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राईले भने, ‘एमालेको पनि बहुपहिचानको कुरा छ‚ नेपाली काँग्रेसको पनि घोषणापत्रमा पहिचान भेटिने मूल नारा छ । सबै दलहरूको घोषणापत्रमा पहिचानको विषय उल्लेख छ।’ राजनीति गर्दा बोलेको कुरा पूरा गर्न सकिएन भने राजनीति नै छाड्न उनले आग्रह गरे ।

‘लिम्बुवान, किरात’ले नै प्रदेशको सभ्यता, साँस्कृतिक, मौलिकतालाई बोध गराउने भएकाले यसै अधिवेशनबाट नाम टुंगो लगाउनु पर्ने उनीहरुको माग रहेको छ ।
१ नम्बर प्रदेशको नाम ‘लिम्बुवान, किरात’ राख्न दबाब दिन जनप्रदर्शनमा सहभागी हुन पहिचानवादी दल तथा संघसंस्थामा आवद्ध संगठनका हजारौं कार्यकर्ता विराटनगर पुगेका थिए ।

मुख्यमन्त्री कार्यालयमा धर्ना र ज्ञापनपत्र बुझाईसकेपछि प्रदर्शनकारीहरु ¥याली गर्दै प्रदेश नं. १ को संसद सचिवालय भवनको परिषरमा पुगेर कोणसभा गरेका थिए ।

कोणसभालाई कियाचु संघीय अध्यक्ष प्रेम येक्तेन, मञ्च तथा लिम्बुवानका अध्यक्ष कुमार लिङ्देन मिराक, जसपा लिम्बुवान मोर्चाको अध्यक्ष खगेन्द्र माखिम, माओवादी केन्द्र सम्बद्ध लिम्बुवान मोर्चाका बरिष्ठ उपाध्यक्ष शंकरध्वोज नेम्बाङ्, दलित शिल्पी नेता दलमर्दन कामी, राष्ट्रिय जनमुक्ति पार्टीका नेता विष्णु थाम्देन, नागरिक अभियन्ता पदम अधिकारी, राष्ट्रिय एकता पार्टीका प्रेमदिप थाम्सुहाङ्, मुश्लिम नेता सलिम अन्सासी र धिमाल स्वायत्तका नेता केदार धिमाल लगायतले प्रदेश नं. १ लाई लिम्बुवान, किरात प्रदेश घोषणा नगरेसम्म आन्दोलनको आधिबेहरी ल्याउने चतावनी दिएका छन् ।


किरात याक्थुङ चुम्लुङको समन्वयमा विभिन्न ३५ वटा राजनीतिक, समाजिक संघसंस्था संगठनहरुको आवद्ध ‘लिम्बुवान किरात संयुक्त संघर्ष समिति’ले आन्दोलन घोषणा गरेको हो । आगामी कार्यक्रमहरु थप गर्दै जाने समेत संघर्ष समितिले जनाएको छ । कार्यक्रम कियाचू लिम्बुवान प्रदेश समितिका अध्यक्ष मधुराज केरुङको संयोजकत्व तथा मुख्यसचिव नरेन्द्र केरुङको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...

आजबाट निर्वाचन आचारसंहिता लागू

दमक, चैत्र २८ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम जिल्लाको क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर...

पहिचानवादीहरुको साझा उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित २० जनाको उम्मेदवारी मनोनयन

इलाम, २५ चैत्र। १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार इलामस्थित मुख्य...