विराटनगरमा लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको बृहत जनप्रदर्शन

 लिम्बुवान न्युज
                       


विराटनगर, ६ साउन । प्रदेश नं. १ को नाम पहिचानको आधारमा ‘लिम्बुवान–किरात प्रदेश’ राखिनु पर्ने मागसहित विहिबार विराटनगरमा ¥याली सहिते जनप्रदर्शन गरिएको छ । प्रदेशका विभिन्न जिल्लाबाट प्रदेशको राजधानी विराटनगरमा आएका विभिन्न राजनीतिक दल, कियाचू लगायत अन्य संघसंस्थाहरुबाट आएका प्रदर्शनकारीहरुले मुख्यमन्त्री कार्यालयमा धर्ना समेत दिएका थिए ।

कियाचुको संयोजनमा बनेको ३५ घटकीय मोर्चाले प्रदेशको नाम ‘लिम्बुवान, किरात’ राख्नु पर्ने मागसहित मुख्यमन्त्री राजेन्द्रकुमार राइलार्ई ज्ञापनपत्र समेत बुझाएका थिए ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राईले भने, ‘एमालेको पनि बहुपहिचानको कुरा छ‚ नेपाली काँग्रेसको पनि घोषणापत्रमा पहिचान भेटिने मूल नारा छ । सबै दलहरूको घोषणापत्रमा पहिचानको विषय उल्लेख छ।’ राजनीति गर्दा बोलेको कुरा पूरा गर्न सकिएन भने राजनीति नै छाड्न उनले आग्रह गरे ।

‘लिम्बुवान, किरात’ले नै प्रदेशको सभ्यता, साँस्कृतिक, मौलिकतालाई बोध गराउने भएकाले यसै अधिवेशनबाट नाम टुंगो लगाउनु पर्ने उनीहरुको माग रहेको छ ।
१ नम्बर प्रदेशको नाम ‘लिम्बुवान, किरात’ राख्न दबाब दिन जनप्रदर्शनमा सहभागी हुन पहिचानवादी दल तथा संघसंस्थामा आवद्ध संगठनका हजारौं कार्यकर्ता विराटनगर पुगेका थिए ।

मुख्यमन्त्री कार्यालयमा धर्ना र ज्ञापनपत्र बुझाईसकेपछि प्रदर्शनकारीहरु ¥याली गर्दै प्रदेश नं. १ को संसद सचिवालय भवनको परिषरमा पुगेर कोणसभा गरेका थिए ।

कोणसभालाई कियाचु संघीय अध्यक्ष प्रेम येक्तेन, मञ्च तथा लिम्बुवानका अध्यक्ष कुमार लिङ्देन मिराक, जसपा लिम्बुवान मोर्चाको अध्यक्ष खगेन्द्र माखिम, माओवादी केन्द्र सम्बद्ध लिम्बुवान मोर्चाका बरिष्ठ उपाध्यक्ष शंकरध्वोज नेम्बाङ्, दलित शिल्पी नेता दलमर्दन कामी, राष्ट्रिय जनमुक्ति पार्टीका नेता विष्णु थाम्देन, नागरिक अभियन्ता पदम अधिकारी, राष्ट्रिय एकता पार्टीका प्रेमदिप थाम्सुहाङ्, मुश्लिम नेता सलिम अन्सासी र धिमाल स्वायत्तका नेता केदार धिमाल लगायतले प्रदेश नं. १ लाई लिम्बुवान, किरात प्रदेश घोषणा नगरेसम्म आन्दोलनको आधिबेहरी ल्याउने चतावनी दिएका छन् ।


किरात याक्थुङ चुम्लुङको समन्वयमा विभिन्न ३५ वटा राजनीतिक, समाजिक संघसंस्था संगठनहरुको आवद्ध ‘लिम्बुवान किरात संयुक्त संघर्ष समिति’ले आन्दोलन घोषणा गरेको हो । आगामी कार्यक्रमहरु थप गर्दै जाने समेत संघर्ष समितिले जनाएको छ । कार्यक्रम कियाचू लिम्बुवान प्रदेश समितिका अध्यक्ष मधुराज केरुङको संयोजकत्व तथा मुख्यसचिव नरेन्द्र केरुङको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;