याक्थुङ आइडल सिजन १ का विजेता र फाईनलिष्टहरुको सांगीतिक टुर दमकबाट प्ररम्भ

,   लिम्बुवान न्युज
                       


दमक, ८ साउन । सिक्किममा आयोजित ‘याक्थुङ आइडल २०२१ सिजन १’का विजेता र फाईनलिष्टहरुको साथमा साँगितिक टुरको क्रममा नेपालमा पहिलो पटक झापाको दमकबाट प्रारम्भ गरेको छ ।
सिक्किमस्थित नियारा प्रोडक्सनको आयोजनामा सम्पन्न ‘याक्थुङ आइडल २०२१ सिजन १’का बिजेता सहित टप ६ फाईनलिष्टहरुको साथमा साँगीतिक कार्यक्रम भएको थियो । नियारा प्रोडक्सनका प्रबन्ध निर्देशक नियारा सुब्बाले नेपालको सांगीतिक टुर दमकबाट प्रराम्भ भएको बताइन् ।


आइतबार झापाको दमकस्थित गोर्खा डिपार्टमेन्टको सभाहलमा समाजसेवी तथा किरात याक्थुङ चुम्लुङ हङकङका पुर्व अध्यक्ष त्रिभूवन लुम्फुङवाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कुराकानीकै क्रममा उनले सिजन १ का विजेता र फाईनलिष्टहरुको साँगितिक टुर सकिने बित्तिकै ‘याक्थुङ आइडल सिजन २’ घोषण गर्ने बताईन ।
‘याक्थुङ आइडल याक्थुङ गीत संगीत माया गर्नेहरुको मञ्च हो’ प्रवन्ध निर्देशक सुव्वाले भनिन्, ‘बिश्व भरि छरिएर बसेका याक्थुङ भाषाको गीत संगीतलाई माया गर्ने, मनपराउने जुनसुकै जाती वा भाषिहरुले याक्थुङ आईडलमा सहभागी जनाउन सक्छ ।’ उनले भनिन्, ‘याक्थुङ आईडलमा सहभागी हुन याक्थुङ भाषाको गीत अनिवार्य गाउनु सक्नु प¥यो, चाहे याक्थुङ होस, चाहे राई, गुरुङ मगर खस आर्य अन्यनै किन नहोस याक्थुङ गीत गाउनु प¥यो ।’

नियाराले नेपाली याक्थुङ गीत माया गर्ने कलाकारहरुको लागि झापाको दमकमा ‘याक्थुङ आइडल’को अडिसन गर्ने समेत बताईन । उनले बिगत ६ बर्षदेखिनै नियारा प्रोडक्सन तयारी गरि याक्थुङहरुको कला, सँस्कृति, भाषा, भेषभूषा, गीत संगीतको संरक्षण सम्वर्दन साथै पचार पसारमा निरन्तर काम गर्दै आएको बताईन ।
आयोजक र गुरु टोली फाउण्डेसनले सिक्किमबाट आउनुहने तरेबा तरेमाहरुलाई सम्मान र मायाको चिनो समेत प्रदान गरेको छ । सांगीतिक कार्यक्रममा याक्थुङ आइडल सिजन १ बिजेता पिङकी बेघा, टप ६ फाईनलिष्टहरु आशिष लिम्बू, अन्जना लिम्बू, सन्चमान लिम्बू, सुहाङ लिम्बू, सावन लिम्बू लगायत गायीका स्वस्तिका सावदेन, लक्ष्मी लिम्बु, गायक चोत्लुङहाङ केदेम, दिलिप माखिम र राजन बेघाले साँगितिक प्रस्तुति दिएका थिए ।

कलाकार तथा समाजसेवी त्रिभुवन लुङ्फुङ्वा, याक्थुङ मुनचइत चोक सयङका केन्द्रीय महासचिव बिक्रम फागो वनेम र याक्थुङ लेखक संघ केन्द्रिय कोषाध्यक्ष साङसेन पन्धाक र सिक्किमका तरेबा भिम सुव्वा लगायतले शुभकामना मन्तव्य रखेको कार्यक्रममा याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति सेसेमी से नाल्बो, भेषभूषा खोज अन्वेशक तथा वरिष्ठ कलाकार निर्देशक राजकुमार आङदेम्बे, गायक संगीतकार, गीतकार तथा समाजसेवी प्रकाश सावदेन, लिबि मञ्च झापाका कार्यवहाक अध्यक्ष दिलहाङ सङवाङफे, कलाकार तथा लेखक मिलन लावती, गुरु टोली फाउण्डेसनका अध्यक्ष बिशाल देवानलागायतको उपस्थिति रहेको थियो ।
याक्थुङ मुनचइत चोक सयङ प्रदेश १ का कोषाध्यक्ष अनिस लावतीको संयोजन तथा याक्थुङ मुनचइत चोक सयङ प्रदेश १ को आयोजनामा सम्पन्न कार्यक्रम मुन्चइतका अध्यक्ष भुपेन्द्र तुम्बाहाङफेको अध्यक्षतामा सहसचिव मिना नेम्बाङले सञ्चालन गरेकी थिईन् ।
‘याक्थुङ आइडल २०२१ सिजन १’का विजेता र फाईनलिष्टहरुको साथमा साँगितिक यात्रा यसपछि ताप्लेजुङ र तेह्रथुम सम्मको रहेको अनिस लावतीले बताए ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;